व्यास नगर साइनिङ स्टारको अडिसन साउन ११ र १२ गते दमौलीमा हुने

व्यास नगर साइनिङ स्टारको अडिसन साउन ११ र १२ गते दमौलीमा हुने

जेसीआई व्यास नगरको आयाेजनामा बिगत १३ वर्षदेखि हुँदै आएको प्रतियोगितात्मक कार्यक्रम ‘व्यास नगर साइनिङ्ग स्टार’को दशौँ संस्करण हुने भएको छ । नगर क्षेत्रका ९ देखि १५ वर्ष भित्रका बालबालिकाहरुको प्रतिभा प्रष्फुटन गराउने उद्धेश्यका साथ हुँदै आएकाे कार्यक्रम ‘व्यास नगर साइनिङ्ग स्टार’काे फिनाले यस पटक भदौ ८ गते हुने भएको हाे ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा बताइए अनुसार अडिसनको यही साउन ११ र १२ गते व्यास ४ स्थित कन्काई ग्लोबल एकेडमीमा आयोजना गरिने छ । ११ गते दिउँसो १ देखि ५ बजेसम्म र १२ गते बिहान १० देखि ४ बजेसम्म अडिसनको समय तोकिएको संस्थाका अध्यक्ष नविन पुरीले बताए ।

अडिसनबाट छनोट भएका २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरि अन्तिम प्रतिस्पर्धा (फिनाले) गरिने मुल आयोजक समितिका संयोजक पुर्ण बिकले बताए । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा हुने उनले जानकारी दिए ।

व्यास नगर साइनिङ स्टार २०२४ को उपाधि जित्नेलाई नगद रू २५ हजार २४, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फर्स्ट रनरअपले १५ हजार, २४ र सेकेण्ड रनरअपले १० हजार, २४ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका पूर्व अध्यक्ष माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाइस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरू पनि रहेका छन् ।

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले सन्  २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष श्रीकृष्ण सुनार , नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य , ‘व्यास नगर साइनिङ्ग स्टार’ २०२३की विजेता सदिक्षा राना मगर , सचिव रोविन श्रेष्ठ तथा महासचिव सनम अधिकारी लगायतले कार्यक्रम काे महत्त्वकाे बारेमा बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page