रुम टु रिडद्धारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत प्रथम अभिभावक कार्यशाला सम्पन्न
तनहुँमा पढ्नको लागि कोठा (रुम टु रिड)द्धारा सञ्चालित बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका १० मध्ये ७ वटा पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।

बालिका शिक्षा कार्यक्रम अन्तर्गत संचालित शिक्षक निर्देशित मोडेल मार्फत कक्षा ७ काे प्रथम अभिभावक कार्यशाला शुक्ला मा. वि, ऋषिक १, बेलटारमा सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समिति अध्यक्ष श्री आशा नेपालीको अध्यक्षतामा भएको कार्यशालामा
वालिका शिक्षा कार्यक्रम सहायक मिना मझाकोटीले बैठकको उद्देश्य, संस्थाको परिचय तथा बालिका शिक्षा कार्यक्रम तथा शिक्षक निर्देशित मोडेलको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यशालामा कार्यक्रम सहजकर्ता मन्जु न्यौपानेले शिक्षक निर्देशित मोडेल कार्यक्रमका मुख्य उपलब्धिहरू र गतबर्षको सत्रको शीर्षकहरूका बारेमा प्रस्तुती दिएकी थिइन् ।

यस्तै बिद्यालयका सहायक प्र.अ एवम् कार्यक्रमका फोकल शिक्षक सुनिता बुढाथोकीले आगामी कक्षा ७ को योजना जानकारी र बालिकाहरूको सिकाइमा अभिभावकले खेल्नुपर्ने भुमिका बारेमा प्रस्ट्याउदै सिकाइमा सहयोग गर्ने प्रतिबदता संकलन गरेकी थिइन् । जसबाट अभिभावकले बालिकाहरुलाई पढ्ने बेलामा काम नलगाउने साथै पढ्ने कोठाको व्यवस्था गरिदिने बारेमा घरमा गएर पनि जानकारी गराउने बिषयमा बताएकी थिइन् ।
सामाजिक परिचालक कलावती विमलीले अभिभावक सँग बिधालय प्रति उहाँहरूको अपेक्षा संकलन गर्दै समय समयमा बैठक राख्नुपर्ने, घरमा भेटघाट गर्नुपर्ने, फोन फलोअप गराउने जस्ता अपेक्षा अभिभावकहरूले राखेका थिए । बैठकमा विद्यालयका प्र.अ केशर थापाले शिक्षक निर्देशित मोडेल कार्यक्रम प्रति शुक्ला परिवार सकारात्मक रहेको बताएका थिए । प्रअ थापाले आगामी दिनमा अभिभावकको अपेक्षा पुरा गर्नेगरि कार्यक्रमको सकारात्मक नतिजा हासिल गर्नका लागी लाग्ने प्रतिबद्धता जनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष आशा नेपालीले कार्यक्रमको सकारात्मक पक्ष बताउँदै बिद्यालय व्यवस्थापन समितिबाट र वडाबाट गर्ने सहयोगमा सधै तत्पर रहेको जानकारी गराएकी थिइन् । सहजकर्ता मन्जु न्यौपानले धन्यवाद ज्ञापन गरेकाे उक्त कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष मेनुका खण्डलुक मगर लगायत शिक्षक अभिभावकहरूकाे सक्रिय सहभागीता रहेको थियो ।
























