ब्रह्मदत्त वाग्ले द्वारा सृर्जित कविता संग्रह ” उपहारको ” लाेकार्पण
कवि ब्रह्मदत्त वाग्ले द्वारा सृर्जित कविता संग्रह ” उपहारको ” सनिवार कृति लाेकार्पण गरिएको छ । नेपाली लेखक संघ तनहुँकाे आयाेजनामा भएको कृतिको एक कार्यक्रमका बीच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले लाेकार्पण गर्दै लामो समय बेल्जियम बसेर पनि मातृभूमि सम्झेर तनहुँ आइ ” उपहार ” लाेकार्पण गरेकोमा धन्यवाद दिए ।

पुस्तकमा मातृभूमि प्रतिकाे माया उत्कृष्ट रहेको भन्दै न्याैपानेले तिनजना महिलाहरूले गरेको समिक्षा उत्कृष्ट रहेको बताए । महिलाहरूले तनहुँकाे साहित्य क्षेत्रमा फड्को मारेको देख्दा निकै खुसी लागेको उनको भनाइ थियो । पुस्तकको तिनजना महिला साहित्यकारहरूले समालोचना गरेका थिए ।

कार्यक्रममा नेपाली लेखक संघका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयाेजक बरिस्ठ अधिवक्ता कमलामाेहन वाग्लेले नेपाल र नेपालीको लागि अनि नेपाली माटोको लागि याे उपहार कृति आएकाे पाएको बताए । तीन दशक देखि बिदेशमा रहेरपनि नेपाली साहित्य लाई माया गरेर कृति ल्याउनु अत्यन्तै खुसीको कुरा भएको वाग्लेकाे भनाइ थियो ।
चितवन साहित्य परिषदले प्रकाशन गरेको कविता सङ्ग्रहमा ६३ वटा कविता रहेका छन् । प्रवासी नेपालीहरूमा समर्पण स्वरूप तयार पारिएको उपहार सङ्ग्रहमा देश दुखेको चिन्ता , छताछुल्ल माया पाेखिएकाे छ र समृद्धिकाे अपेक्षा छ । राजनीतिक दुरवस्था माैलाउँदा विकृति , विसङ्गति र युगीन मानव प्रवृत्ति प्रतिकाे सजगता छ । विविध विषय वस्तु गद्यशैली शिल्पका छाेटा मिठा सरल , सरस र गहन भावले युक्त कविताहरूकाे सङ्गालाेकाे रूपमा पुस्तक रहेको छ ।
रचनाकार ब्रह्मदत्त वाग्ले क्यामिन माध्यमिक बिद्यालय कलेस्तीका संस्थापक प्रधानाध्यापक , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम , गैर आवासीय नेपाली संघ बेल्जियम र चितवन सहायता काेष बेल्जियमकाे सल्लाहकार लगायत विभिन्न क्षेत्रमा रहेका छन् ।
कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य प्रदिप घिमिरेले कविकाे चिनारी प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा क्यामिन माविका सहायक प्रधानाध्यापक रूपा घिमिरे , जनज्योति क्याम्पस भिमादका उप प्राध्यापक सीता भट्टराई र आदिकवि भानुभक्त क्याम्पसका सहायक प्राध्यापक नारायणी अधिकारीले पुस्तककाे समालाेचना गरेका थिए ।
कार्यक्रममा शिक्षाप्रेमी साहित्यकार केशवराज घिमिरे ,सत्यवती माध्यमिक बिद्यालयका प्रअ पुष्पकला भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकर राज नहर्कीकाे अध्यक्षतामा भएको लाेकार्पण कार्यक्रममा
गण्डकी वांङमय प्रतिस्ठानका अध्यक्ष गाैकुमारी न्याैपानेले स्वागत तथा सचिव अञ्जना तिमिल्सिना न्याैपानेले सञ्चालन गरेकी थिइन् । कृतिको प्रकाशन सहयोगी तारा वाग्ले रहेकी छन् ।
कार्यक्रममा साहित्यकारहरू भवानी खनाल , संगम सापकोटा , मधुमाया घिमिरे ,पार्वती वाग्ले खनाल , बिष्णु भण्डारीले कविता वाचन गरेका थिए ।
























