निर्मल मावि २०४५ एसएलसी समूह द्वारा उज्यालो घर लाई १४ हजारकाे सामाग्री हस्तान्तरण
तनहुँको निर्मल माध्यमिक बिद्यालय २०४५ एसएलसी समुहले व्यास १० मा रहेको उज्यालो घरलाई सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त समुहले सनिवार प्रेसर कुकुर ५ लिटरको एक वटा ,स्टिल गिलास १ दर्जन , कचाैरा एक दर्जन , डिनर प्लेट १ दर्जन , चम्चा १ दर्जन , ठुलो बाटा २ वटा , सानाे बाटा १ वटा , डाडु , पनियाे , स्टिल फिल्टर २० लिटरको एक , प्लास्टिक बाटा एउटा , बाल्टिन एउटा , जग दुईवटा , जुत्ता र्याक दुई वटा , साइनबोर्ड एकवटा गरी १४ हजार मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको उक्त समुहका अध्यक्ष त्रिभुवन श्रेष्ठले बताए ।

उज्यालो घरमा आश्रीत बालबालिकालाई केके आवस्यक छ भनी केही दिन अगाडि त्यहाँ पुगेर टिपाेट गरी साथीहरू सँग स्वर्फुर्त रूपमा रकम संकलन गरि सामाग्री खरिद गरेर ल्याएको अध्यक्ष श्रेष्ठले बताए ।
“हाम्रो अभियान सामाजिक उत्तरदायित्व वहनःभन्ने मुल उद्धेश्यका साथ अगाडि बढेको उक्त समुहले समाजमा दुखी, गरिब, विपन्न, असहाय लगायतको क्षेत्रमा विभिन्न किसिमले सहयोग पुर्याउँदै आएको छ ।समाजमा दिर्घ रोगबाट पीडितलाई सहयोग गर्न होस् या, शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा सबै तिर ०४५ समुहले एकजुट भएर सहयोग पुर्याउँदै आएकाे सचिव निर्मल पण्डितले बताए ।
उक्त सहयोग सामाग्रीहरू अध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको टाेलीले उज्यालो घरका सञ्चालक लाई हस्तान्तरण गरेको थियो । उज्यालो घर लाई अति नैं आवस्यक परेकाे सामाग्री हरू उपलब्ध गराएको भन्दै उज्यालो घरका सञ्चालक सागर घिमिरेले निर्मल मावि ०४५ एसएलसी समुहलाई धन्यवाद दिएका छन् । उक्त अवसरमा बालबालिकालाई बिस्कुट चकलेट लगायतका खानेकुरा समेत बाँडिएको थियो ।
०४५ एसएलसी समुहले समाजमा अफ्ट्यारो परेको ठाउँमा साथीहरू मिलेर स्वस्फूर्त रूपमा सहयोग गर्दै आएको समुहका अध्यक्ष एवम् अधिवक्ता त्रिभुवन श्रेष्ठले बताए । जति पनि सहयोग पुर्याउँदै आएका छौं त्यो सबैले आवस्यकता हेरी स्वविवेकले पैसा उठाएर गर्ने गरेका छौँ श्रेष्ठले भने ।उनका अनुसार हालसम्म मुख्यगरी उक्त समुहले व्यास क्षेत्र विकास कोषको आजीवन सदस्य (महायज्ञमा रु १२,१०८/प्रदान), + दिर्घ रोगबाट पिडीतलाई (मिर्गौला, मुटु, क्यान्सर) उपचार सहयोग प्रदान कोभिड-१९ समयमा निःशुल्क , भोजनका लागि व्यास-३ र व्यास-२ मा आयोजकलाई नगद तथा स्वास्थ्य सामाग्री प्रदान, व्यास-१० वोटे वस्तीमा खाद्यान्न र नगद प्रदान गरेको छ।
यस्तै व्यास-१ गल्वुवेशीमा क्रियामा बसेको घरमा खाद्यान्न सहयोग, व्यास- ३ दमौली अस्पताल स्थित मिर्गौला डायलासिस केन्द्रमा स्वास्थ्य सामाग्री प्रदान, सिद्देश्वरी मा वि कमलबारीमा न्यानो कपडा स्वेटर ३३ जना विपन्न विद्यार्थी लाई प्रदान, मत्स्य कन्या
आधारभूत विद्यालय भड्खलामा १४५ जना विद्यार्थीहरूलाई न्यानो कपडा स्वेटर प्रदान, निर्मल माध्यमिक विद्यालय, व्यास-१ मा रु. एक लाख पाँचको छात्रवृत्ति अक्षय कोषको लागि रकम हस्तान्तरण, बिरामी सहपाठी साथी पूर्ण बहादुर बोटे, मधु श्रेष्ठलाई व्यास-१० मा भेटघाट, व्यास-१ चारकुनेमा निर्माणाधिन राधाकृष्ण धामलाई धार्मिक पर्यटन प्रबर्द्धन निम्ति सहयोग पुगोस् भन्ने उद्देश्यले रु ५१, १४५/- एकाउन्न हजार एकसय पैतालिस । + वेदान्तेश्वर शिव मन्दिर भरतपुर-१८ चितवनलाई रु ५००५/- प्रदान र एपेन्डिक्स बिरामी बालिका सलिना गुरुङको उपचारमा सहयोग होस् भनेर रु ५,५४५/- प्रदान गरेको छ ।
























