म्याग्देेकाे राधा माविमा सरस्वती मन्दिरको शिलान्यास:
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ मा रहेको राधा माध्यमिक बिद्यालयमा सरस्वतीकाे मन्दिर शिलान्यास भएको छ । सरस्वती पुजाको दिन पारेर न्यु भिजन युथ क्लबले विद्यालय मा सरस्वती मन्दिरको शिलान्यास गरेको हाे | मन्दिरको वडा नं २ का अध्यक्ष शिब बहादुर क्षेत्री र क्लबका अध्यक्ष राजिब श्रेष्ठले शिलान्यास गरेका हुन् । मन्दिर शिलान्यास कार्यक्रममा क्लवका अध्यक्ष राजिव श्रेष्ठले क्लवकाे घाेषणा आज पूरा भएको बताए । शिलान्यास सँगै मन्दिर निर्माणकाे काम तिव्र रूपमा अगाडि बढ्ने श्रेष्ठले जानकारी दिए ।


शिलान्यास कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छबिलाल श्रेष्ठ , प्रधानाध्यापक खुम राज तिवारी , क्लवका अन्य पदाधिकारी एवम् सदस्यहरू , बिद्यालयका अभिभावक एवम् शिक्षक तथा बिद्यार्थीहरूकाे उपस्थिति रहेको थियो । क्लबले यस अगाडि पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै विपन्न बिद्यार्थीहरू लाई आर्थिक सहयोग प्रदान गर्दै आएकाे छ ।


























