बेवारिसे बिरामी पुरूष दमाैली अस्पतालमा भर्ना , आफन्तकाे खाेजी
जिल्ला प्रहरी कार्यालय तनहुँले एकजना बिरामी बेवारिसे पुरूषलाइ दमाैली अस्पतालमा भर्ना गरेको छ ।

व्यास नगरपालिका वडा नं. ४ स्थित बजाज सोरुम अगाडी हालसम्म एकिन नामथर वतन नखुलेको बर्ण गहुँगोरो दुब्लो शरिर, घाटीमा बिच्छीको ट्याटु खोपेको, कानमा टप लगाएको, बर्ष अं. ३०/३५ को पुरुष व्यक्ती बेवारिसे बिरामी अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिरामी पुरूषलाइ उपचारको लागी दमौली अस्पतालमा राखिएको र उनको आफन्त लगायत कोही सम्पर्कमा नआएको हुँदा चिन्नुहुने व्यक्तीले सम्पर्क गरिदिन प्रहरीले अनुरोध गरेको छ ।
























