आदिकविमा मगर भाषा प्रशिक्षक प्रशिक्षण तालिम आइतवार बाट सुरु

आदिकविमा मगर भाषा प्रशिक्षक प्रशिक्षण तालिम आइतवार बाट सुरु


आदिकवि भानुभक्त क्यापस व्यास- १, दमौली तनहुँले पुरक पाठ्यक्रम निर्माण गरेर मगर मातृ भाषाको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ । श्रावण ६ गते आइतवारदेखि १२ गते सम्म सन्चालन हुने मगर मातृ भाषा प्रशिक्षक प्रशिक्षण तालिमको प्राज्ञ सभा सदस्य डा बिष्णु कुमार सिजालीले उद्घाटन गरेका थिए ।


कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि सिजालीले मातृभाषा र संस्कृती संबधित समुदायले संरक्षण गर्दै आए पनि सांस्कृतिक सम्पदा कुनै समुदायको मात्र नभइ राज्यको राष्ट्रिय सम्पदा भएकोले राज्यले नै संरक्षण र प्रबर्द्धन गर्नु पर्ने दायित्व रहेको बताए । मगर मातृ भाषा लाेपाेन्मुख अवस्थामा पुग्न लागेकाले सबैले चासो दिएर संरक्षण गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।
मगर भाषा संरक्षण गर्न अत्यावश्यक देखिएको हुँदा क्याम्पसले मगर बिद्यार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएर रोजगारी सृजना सङ्गै मगर भाषा तथा संस्कृति संरक्षणमा लागेको क्याम्पस प्रमुख महाप्रसाद हडखलेले बताए ।

दुई वा दुई भन्दा बढी भाषालाई स्थानीय तहमा सरकारी कामकाजको भाषा बनाउन संविधानमा उल्लेख भए पनि तनहुँको कुनै पनि पालिकाले मगर भाषा लगायत जनजातीका भाषालाई स्थानीय कामकाजको भाषा नबनाएकोमा सहभागीहरूले दुख ब्यक्त गरेका थिए ।
आदिवासी जनजाति मगर भाषा तथा सस्कृती सम्बर्द्धन एबम बिकास समिती आदिकवि भानुभक्त क्याम्पसकाे आयोजनामा भएको तालिममा
नेपाल मगर संघ केन्द्रिय समिती , निर्वाचन संयोजक सिद्धान्त गर्जामगर , आदिवासी जनजाति महासघ, तनहुका पुर्ब अध्यक्ष शंकर नारायण श्रेष्ठ , क्याम्पस सं समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ , सह प्रध्यापक तिल बहादुर थापामगर तथा अनुराग थापामगर लगायतले बाेलेका थिए ।

सहभागीहरूले पहिचानको लागि सस्कृती सङ्गै प्रकृतीलाई समेत संरक्षण गर्नु पर्ने कुरामा जाेड दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page