जिल्ला समन्वयको व्यवसायीक भवनकाे पानी सिधै सडकमा !
जिल्ला समन्वय समिति तनहुँले प्रशासन चोक देखि मालपोत कार्यालय सम्म निर्माण गरेको व्यवसायिक भवनको पानी सिधै सडकमा खसालिएको छ ।

व्यवसायिक भवनको पानी सिधै सडकमा खसाल्दा मालपोत देखि प्रशासन चोक सम्म सडकको भाग जलमग्न हुने गरेको छ । सडकमा पानी बग्ने तथा ताल पर्दा सवारी साधनले छ्यापेर पैदल यात्रुहरुलाई सास्ती हुन थालेको छ । त्यस्तै व्यवसायिक भवनको पानी सिधै सडकमा खसालि दिदाँ सडक बिग्रने सम्भावना बढेको टोलबासीको भनाई छ ।

जिल्ला समन्वय समितिले सञ्चालनमा ल्याएको व्यवसायिक भवनको पानी सिधै सडकमा खसालिनु चरम लापरवाही भएको समेत टोलबासीको भनाई रहेको छ । टोलबासीहरु व्यवसायिक भवन निर्माण भएको स्थानको अगाडि नाला निर्माण गर्नुपर्ने आवाज आफूहरुले उठाएको भएपनि कुनै सुनुवाई नभएको बताउँछन । यस विषयमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने समेत स्थानीयको भनाई रहेको छ ।
























