काङ्ग्रेसको एक समुहले ३ वर्ष हुँदापनी खाएको पैसा तिरेन

काङ्ग्रेसको एक समुहले ३ वर्ष हुँदापनी खाएको पैसा तिरेन
Oplus_0


नेपाली काङ्ग्रेस तनहुँकाे २०७८ साल मंसिर ११ गते सनिवार भएको चुनाबमा एउटा समुहले खाएकाे पैसा ३ वर्ष हुँदापनी नतिरेको पाइएको छ । पार्टीको आन्तरिक चुनावमा विभिन्न स्थानीय तहबाट आफ्नाे समुहका कार्यकर्ता तथा भाेटरहरू ल्याएर विभिन्न हाेटलमा राखेर खाएको पैसा अहिलेसम्म पनि नतिरेकाे पाइएको हाे ।

हाेटलमा राख्ने बेलामा हाम्रो समुहका नेता कार्यकर्तालाई राख्नु , के खान्छन् खुवाएर राखेर पैसा हिसाब गर्नु भनेको तर बिल बुझाएपछि वास्ता गर्न छाेडेकाे दमाैलीका एक हाेटल सञ्चालकले बताए ।एक लाख दुई हजारकाे खाएको र उक्त बिल सम्बन्धित व्यक्तिहरूलाइ बुझाउँदा पनि पैसा तिर्न वास्ता नगरेको ती व्यवसायीले बताए । राजनीतिक , सामाजिक क्षेत्रमा नाम चलेका मान्छेले फाेन गरेर भन्ने तथा आएरै राम्रो व्यवस्थापन मिलाउन भनेपछि हामीले विश्वास गरेर राखेको ती सञ्चालकहरूले बताएका छन् ।

तर पछि पैसा दिनलाई पटकपटक भन्दापनि एउटाले अर्कोलाई देखाउने गर्दै आलटाल गरेको उनीहरूकाे गुनासो छ । मैले सबै प्रमाण राखेको छु , सिसी क्यामरा काे फुटेज प्रमाण छ , बिल भरपाइ सबै छ , यदि नदिएमा सीसी क्यामरा फुटेज नै सार्वजनिक गर्छु उनले भनेका छन् । ती व्यवसायीले आफ्नाे हाेटलमा ऋषिङ , घिरीङका कार्यकर्ता राखेको समेत बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page