एपेन्डिक्स बिरामी सलिनाकाे उपचारको लागि तमु समाज इजरायलकाे ८० हजार सहयोग
एपेन्डिक्स बिरामी सलिना गुरुङकाे उपचारको लागि तमु समाज इजरायलले आर्थिक सहयोग गरेको छ । म्याग्दे गाउँपालिका- १ बाख्रे घर भएकी गुरुङको एपेन्डिक्स बिग्रेर आन्द्रामा समस्या भै आर्थिक अभावका कारण उपचारमा समस्या भएकाे समाचार बाहिरीए पछि अहिले विभिन्न ठाँउबाट सहयोग जुट्ने क्रम जारी छ ।

उनको उपचारमा कठिनाइ भएकाे तनहुँ प्रेस डट कम मा निरन्तर समाचार आइरहेपछी तमु समाज इजरायलले उनको उपचारमा सघाउ पुग्ने उदेश्यले नगद ८० हजार रुपैयाँ सहयोग गरेको सलिनाकाे सहयोगमा संलग्न अभियान्ता गल गुरूङले बताए ।

सहयोग कार्यक्रममा ईजरायल तमु समाजका निवर्तमान उपाध्यक्ष दिल गुरुङ, तमु समाज ईजरायलका अध्यक्ष बिन्दु गुरुङको आमा लक्ष्मी गुरुङ र बैनि बृन्दा गुरुङको उपस्थिति रहेको थियो ।सलिनाको अवस्था दयनीय रहेको थाहा पाएपछि बिदेशमा रहेका साथीहरूलाई जानकारी गराएर उनको उपचारको लागि सहयोग गरिदिन आग्रह गरेकाे र समाजले सहयोग गरेको जिल्ला समन्वय समिति तनहुँका पुर्व प्रबक्ता समेत रहेका अभियान्ता गल गुरुङले जानकारी दिए ।
























