व्यास ३ सेतीमादी सामुदायिक वन परिसरमा निर्माण भएको व्यायामशालाकाे उद्घाटन

व्यास ३ सेतीमादी सामुदायिक वन परिसरमा निर्माण भएको व्यायामशालाकाे उद्घाटन
Oplus_0

व्यास नगरपालिकामा खुल्ला व्यायमशाला उद्घाटन भएको छ । व्यास–३ देउराली नगर स्थित सेतीमादी सामुदायिक बन परिसर क्षेत्रमा निर्माण भएको व्यायमशालाको साेमबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गरे ।
व्यास नगरपालिका–३ नं वडा कार्यालयले रु.दश लाख र पछि थप तीन लाख गरि १३ लाख बजेट बिनियोजन गरी निःशुल्क रुपमा व्यायमशाला संचालन गरेको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए । 
उनका अनुसार लेग प्रेस,सेट अफ बोर्ड,सिटिनिङ ट्वीस्टर,डबल स्कििनिङ लगायतका सोह्र किसिमका व्यायमका सामाग्री त्यहाँ रहेका छन् ।

बिहान र बेलुकाको समयमा कसरत गरी दमौलीबासीलाई स्वास्थ्य राख्न सहयोग पु¥याउने उद्वेश्यले व्यायमशालाको अवधारण ल्याइएको वडाध्यक्ष अनुप रानाले बताए । व्यायम मेसिन स्वचालित नभई व्यक्ति आफैले चलाउनुपर्ने किसिमको मेसिन ल्याइएको उनले बताए ।  
व्यायमशाला क्षेत्रलाई तारबार गरी संरक्षण गरीएकाे सिसि क्यामेरा जडान गरिएको उनलेे जानकारी दिए ।


खुल्ला ब्यायामशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ३,६,,८,९,१२र १३ नं वडा अध्यक्षसहित कार्यपालिका सदस्य हरुको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा वडा सदस्य दधिराज घिमिरे , मंगल प्रसाद श्रेष्ठ ,बन समतिका अध्यक्ष ओम ब. थापा, देउरालीनगर टोल समिति अध्यक्ष मन ब.थापा,आमा समुहबाट शिवा गिरि,नि.बर्तमान समन्वय उप प्रमुख पबित्रा पौडेल वडा सदस्य बिनु श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page