बेवारिसे मृतक युवाकाे आफन्त आए , नगरकोटका शेखर भएको पुष्टि

बेवारिसे मृतक युवाकाे आफन्त आए , नगरकोटका शेखर भएको पुष्टि

जिल्ला प्रहरी कार्यालय तनहुँले एकजना बिरामी बेवारिसे युवालाई दमाैली अस्पतालमा भर्ना गरेकोमा उनको निधन भएको थियो । निधन भएका ती युवाको पहिचान खुल्न नसक्दा र उनको आफन्त सम्पर्कमा नआउँदा ती युवाको शव दमाैली अस्पतालमा राखिएको थियो ।
तर अहिले भने ती मृतक युवाका आफन्त सम्पर्कमा आएका छन् ।

मृतक ती युवा नगरकोटका रहेका छन् । आफन्तका अनुसार ती युवा भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वर्ष २६ काे शेखर नगरकोटी हुन् । आफन्त आएसँगै उनको अहिले पाेष्टमार्टमकाे तयारी भएको प्राप्त समाचारमा बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page