८ दिनदेखि नउठेको फाेहाेर नगरपालिकाले आफ्नैं प्राङ्गण भित्र राख्ने

८ दिनदेखि नउठेको फाेहाेर नगरपालिकाले आफ्नैं प्राङ्गण भित्र राख्ने

तनहुँको व्यास नगरपालिकाले जग्गा टुंगो तथा अर्को ब्यबस्था नभए सम्म बजारको फाेहाेर आफ्नो कार्यालय प्राङ्गण भित्रै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले ८ दिनदेखि फाेहाेर उठाउन नसक्दा बजारमा थुप्रिएकाे फाेहाेरलाई तत्कालका लागि व्यवस्थापन गर्ने भन्दै उक्त निर्णय गरेको हाे ।

नगरपालिकाकाे ७ गते बसेकाे बैठकले हाल कुहिने नकुहिने फाेहाेर सङ्कलनलाइ श्राेतबाटै बर्गीकरण गरिएकोमा नकुहिने पुन प्रयाेगमा आउने सामाग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रक्रिया चलिरहेकोले साे काे टुंगो नलाग्दासम्म वा अर्को व्यवस्था नभएसम्म नगरपालिका कार्यालय प्राङ्गण भित्रै नकुहिने फाेहाेर व्यवस्थापन गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
फाेहाेर फाल्ने ठाउँको उचित व्यवस्थापन हुन नसक्दा दमाैली बजारको फाेहाेर ८दिन देखि उठ्न नसक्दा फाेहाेर चाेकचाेकमा थुप्रिएकाे छ ।

कुहिने र नकुहिने फाेहाेर मध्ये नकुहिने फाेहाेर ८ दिनदेखि उठ्न नसकेको हाे । मादी नदिकाे किनार भतेरीमा उक्त फाेहाेर फाल्दै आएकाेमा असार मसान्तबाट सम्झौता सकिएपछि त्यहाँ फाेहाेर फाल्न स्थानीयले राेक लगाएपछि व्यास नगरपालिकालाइ फाेहाेरमैला ब्यवस्थापन गर्न मुख्य चुनाैती बनेकाे छ।
कार्यालय प्राङ्गण भित्रै फाेहाेर व्यवस्थापन गर्ने निर्णय भए पनि ८ गते बिहानसम्म बजारबाट नकुहिने फाेहाेर भने उठ्न सकेको छैन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page