तनहुँकी न्याैपाने सत्तापक्षकाे मुख्य सचेतक
राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएकी छन् ।

सांसद न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त गरेका हुन् । तनहुँकि न्यौपाने यस अघि नेकपा एमाले राष्ट्रिय सभा दलको मुख्य सचेतक थिइन् ।

























