स्रोत नखुलेको १२ लाख नगदसहित दमाैलीबाट केसी पक्राउ
स्रोत नखुलेको १२ लाख नगदसहित दमाैलीबाट दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार नियमित चेकजाँचकाे क्रममा व्यास ३ दुर्गामन्दिर लाइनबाट उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दिपक रायका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरूलाइ थप अनुसन्धानकाे लागि काठमाडौ पठाइसकेको डिएसपी रायले जानकारी दिए ।
























