दाेस्राे पुर्काेट महाेत्सव बुधबारदेखि सुरु
दोस्रो पुर्कोट महोत्सव -२०८१ बुधबारबाट शुरु भएकाे छ । महाेत्सवकाे एक कार्यक्रमका बीच पूर्व बनमन्त्री एवं संघीय साँसद शङ्कर भण्डारीले उद्घाटन गर्दै स्थानीय स्तरमा संचालन गरिने मेला महाेत्सवहरुले स्थानीय उत्पादनकाे बिक्रीवितरणमा सहजता हुनुका साथै स्थानीय कला सँस्कृति, रितिरिवाजकाे जगेर्ना गर्न मद्धत पुग्ने वताए ।
भानु-९ काउरेटार खेल मैदानमा साउन ९ गते देखि २६ गते सम्म सँचालन हुने महाेत्सवमा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले स्थानीय बासीकाे सकृयतामा मेला महाेत्सव गरिनु अत्यन्तै उत्कृष्ट कार्य भन्दै जहाँ विकासकाे लागि स्थानीयकाे साथ रहन्छ त्यहाँ नगरपालिकाकाे पनि साथ र सहयाेग रहने प्रतिवद्धता ब्यक्त गरे । महाेत्सव युनेस्को क्लवकाे मात्रै नभइ सिङ्गो भानु नगरपालिका र यस आसपासका क्षेत्रकाे भएको उनको भनाइ थियो ।

यस्तै उप-प्रमुख उमा गाेतामेले महाेत्सवकाे महत्वकाे बारे चर्चा गर्दै महाेत्सव सफल पार्नु हामी सबैकाे दायित्व भएको बताइन् ।
युनेस्को युवाक्लबका अध्यक्ष सुजन थपलियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काँग्रेस तनहुँका उप-सभापति देवकुमार श्रेष्ठ, सचिव सहदेव अधिकारी, भानु वडा नं ८ का वडाअध्यक्ष एवं नगरपालिकाका प्रवक्ता ईश्वर बहादुर घिमिरे, वडा नं १० का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती , वठडा नं ९ का अध्यक्ष मिन बहादुर गुरुङ लगाएतले महाेत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । महाेत्सव उद्घाटन अगाडि स्थानीय आमा समुह , युवा क्लव , विभिन्न संघ संस्था लगायतको झाकी सहितको र्याली निकालिएको थियो । महाेत्सवमा आजवाट राष्ट्रिय कलाकारहरू आउने कार्यक्रम रहेको छ ।

























