कर्मचारी अभावले फाँटफाँटमा पुगेर सेवा दिँदै सहायक प्रजिअ भण्डारी

कर्मचारी अभावले फाँटफाँटमा पुगेर सेवा दिँदै सहायक प्रजिअ भण्डारी

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय पुग्दा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारी कार्यकक्षमा भेटिएन । ढाेका बाहिर नेमप्लेटमा ” भित्र ” लेखिएको देखेपछि पक्कै पनि कार्यालय परिसरमै हाेला भन्ने लाग्यो ।
यता नयाँ नागरिकता , नागरिकताकाे प्रतिलिपी र राष्ट्रिय परिचयपत्र बनाउने लगायतका सेवा लिन आउने सेवाग्राहीकाे ठुलै भिड थियो । यस्तो बेलामा प्रशासकीय अधिकृत बस्ने दुईवटै फाँट भने बन्द थियो । नागरिकता लगायतका कागजातमा सहि गर्ने दुबै प्रशासकिय फाँट खाली हुनुको कारण बुझ्दा गत फागुन महिनामा ऋषिराम सुवेदीको बढुवा भए पछि उक्त खाली ठाउँमा काेहि पनि कर्मचारी आउन नमान्नुकाे कारण रहेकाे थाहा लाग्यो । यस्तै अर्का एक प्रशासकिय अधिकृत बिकास श्रेष्ठ बिदामा रहेको जानकारी भयो ।


फागुन देखि खाली रहेको एउटा फाँटकाे काम र आफ्नाे फाँटकाे काम गरि दुबै फाँटकाे काम उनै बिकास श्रेष्ठले करिब ५ महिना देखि मुस्किलले एक्लै गर्दै आएका रहेछन् । यी सबै कुराहरू बुझ्ने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी भएको ठाउँ पनि थाहा लाग्यो । तनहुँ प्रेसकाे टिम उहाँ भएको ठाउँमा पुग्दा उहाँ खलखल्ति पसिना निकाल्दै सेवा दिइरहनुभएकेा देखियो ।

नागरिकतामा सही गर्ने देखि अन्य सबै काम आफ्नैँ कार्यकक्षमा बसेर गर्दा साध्य नभएपछि सहायक प्रजिअ भण्डारीले सबै फाँटमा घुमेर सही गर्दै काम फुकाइरहेकाे देखियो । कर्मचारी अभावका कारण सयौं सेवाग्राहीलाई सेवा दिन सहायक प्रजिअ भण्डारी एक्लैलाइ निकै कठिन भएको सजिलै महशुस गर्न सकिन्थ्यो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page