लायन्स क्लव अफ तनहुँ म्याग्देकाे पाचौं स्थापना दिवस सम्पन्न
लायन्स क्लव अफ तनहुँ म्याग्देकाे पाचौं स्थापना दिवस बुधबार थर्पुमा सम्पन्न भएको छ । लायन्स म्याग्देका अध्यक्ष पशुपति अर्यालकाे अध्यक्षतामा भएको स्थापना दिवस Charter Night program मा लायन्स ३२५ एल नेपालका प्रथम भाइस गर्भनर एक नाराय शर्मा प्रमुख आतिथी रहेका थिए ।

यस्तै कार्यक्रममा तेजनारायण पराजुली , सन्तोष घिमिरे , अमृत बराल , भिमलाल श्रेष्ठ , राजबहादुर थापा , सुजित हिराचन , सुरेन्द्र अधिकारी , सुन्दर मणि अधिकारी , गाैरबराज राना लगायतको सहभागीता रहेको थियो । उक्त अवसरमा लायन्स म्याग्देले सामाजिक क्षेत्रमा बिगतमा गरेका काम र भविस्यका याेजनाका बारेमा समेत याेजना प्रस्तुत गरिएको थियो । साेही अवसरमा लायन्स म्याग्देका संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठ र नुक्त भुजेललाई सम्मान गरिएको थियो । क्लवले
१६ गते हुने वृक्षारोपण कार्यक्रममा सकृय सहभागी हुन सबैलाई अनुरोध गरेको छ ।

























