डुम्रेमा सडक मापदण्ड भित्रका घर टहरा नहटाउनेलाइ पालिकाले सेवा नदिने

डुम्रेमा सडक मापदण्ड भित्रका घर टहरा नहटाउनेलाइ पालिकाले सेवा नदिने

तनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनमा सडक मापदण्ड भित्रका घर टहरा नहटाउनेलाइ बन्दिपुर गाउँपालिकाले
दिने सबै किसिमका सेवाहरू नदिने समेत चेतावनी दिइएको छ ।
सडकका लागि भत्काउनु पर्ने घर तथा संरचना कतिपय घरधनीले नभत्काईदिँदा सडक चाैडा पार्ने काममा ढिलाई भएकाले सडक मापदण्डमा कडाई गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । शनिबार दिउँसाे गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी , मुग्लिन-पाेखरा सडक आयाेजना, कन्सल्टेन्सी र ठेकेदार कम्पनीका प्रतिनिधिले मापदणड ताेकिदिने र साेहि अनुसार भत्काईने समेत थापाले जानकारी दिए ।

वडा नं १ का अध्यक्ष एवं गाउँ पालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बजारकाे सडक निर्माण छिट्टै सक्न र बजारकाे साैन्दर्यता बढाउनकाे लागि सहयाेग गर्न सबै बजारबासी सँग आग्रह गरेका छन् । 
आर्थिक वर्षकाे शुरुकाे अनुगमनका क्रममा विशेष गरि सडक मापदण्ड र वर्कशपहरुकाे अनुगमन गरिएकाे पालिकाका राजश्व शाखाका प्रमुख दिनेश पाैडेलले बताए । अनुगमनका क्रममा कतिपयकाे व्यवसाय दर्ता नगरिएकाे, नविकरण नभएकाे, अव्यवस्थित भएकाे , मूल्य-सुची नराखिएकाे , सरसफाईकाे कमि आदि जस्ता समस्या देखिएकाले दर्ता गरेर मात्रै ब्यवशाय सँचालन गर्न,प्रत्येक वर्ष नविकरण गर्न, बाेर्ड, मूल्य शुचि राख्न , सरसफाइमा ध्यान दिन आग्रह गरिएकाे पालिकाले जनाएकाे छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page