सर्वकल्याण सहकारी ४ महिना देखि बन्द , एक करोड भन्दा बढी रकम जाेखिममा

सर्वकल्याण सहकारी ४ महिना देखि बन्द , एक करोड भन्दा बढी रकम जाेखिममा


तनहुँकाे व्यास नगरपालिका वडा नं ४ मा रहेको सर्वकल्याण बचत तथा ऋण सहकारी संस्थाका सेयरधनी , बचतकर्ताकाे एक करोड भन्दा बढी रकम जाेखिममा परेको छ । व्यास २ अमरापुरी बस्ने मिठु खनालले २०७५ सालमा १५ हजार सेयर र २५ हजार रूपयाँ बचत गरि ४० हजार बुझाएकोमा अहिले पटकपटक बचत तथा सेयर फिर्ता लिन जाँदा नपाएको बताइन् । जहिले जाँदा पनि अफिस बन्द हुने गरेको उनको भनाइ छ ।

यस्तै सहकारीको समितिमै बसेका एक सदस्यले आफ्नाे झण्डै १० लाख रूपयाँ त्यहाँ डुबेको बताए । चार महिना भइसक्यो अफिस बन्द भएको पनि , केही टाठाबाठालेत पैसा लगे , तर मेरो सेयर र बचत रकम गरि भएको १० लाख फसेर बसेकाे छ ती सदस्यले भने । पटकपटक बसाैँ , समस्याको समाधान गराैँ भन्दापनि समिति छलफलमा बस्न नसकेको उनको गुनासो छ । यस सहकारीमा अधिकांश शिक्षकहरूकाे सेयर रहेको अर्का एक सेयरधनी शिक्षकले बताए । ५० हजार सेयर र केही अन्य रकम गरि एक लाख रूपयाँ फसेको ती सेयर धनी शिक्षकले बताए ।

सहकारीमा बर्षाैं पहिले देखि नैँ समस्या आएपछि २०७७ भाद्र २२ गते सहकारीका सेयर सदस्य मनाेज राउतकाे संयाेजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएकाे बताइएको छ । तर उक्त समितिले काम गर्ने वातावरण , समितिकाे अधिकार र समितीबाट पाउनपर्ने सहयोग नपाएकोले उपयुक्त वातावरण नभएको भन्दै राजिनामा बुझाएको बताइएको छ । राउतले पनि टेलिफोन सम्पर्कमा काम गर्न कतैबाट सहयोग नभएकोले राजिनामा बुझाएको जानकारी दिए । मेरो संयाेजकत्वमा साधारण भेलाले नै अधिकार सम्पन्न समिति गठन गरेको थियो उनलेे भने ।


यस सम्बन्धमा सहकारीका अध्यक्ष दिपक सिग्देल सँग सम्पर्क गर्दा माेवाइल दाेस्राे ब्यक्तिले उठाएकोले सम्पर्क हुन सकेन ।
व्यास नगरपालिका सहकारी शाखामा यस सम्बन्धमा बुझ्दा सर्वकल्याणमा समस्या केही पहिले देखि आएकाे जानकारी प्राप्त भएको छ । १ करोड ८ लाखमा हिसाबकिताब , अडिट लगायतमा हिसाब नमिलेको पाइएको थियो । सहकारीको सफ्टवेयर फेर्ने र व्यवस्थापक सँग समेतको हिसाबकिताब मिलाउने र अडिट गरेर अगाडि बढ्ने छलफल भएको थियो , तर त्यो लामो समय हुँदापनी समाधान हुन नसकेको बताइएको छ ।

पछिल्लाे समय सहकारीले नगरपालिकालाई एउटा पत्र लेख्दै सहकारीमा बचत कर्ताकाे बचत फिर्ता भइसकेको , सेयर मात्रै बाँकी रहेको , उठ्नुपर्ने रकम उठ्न नसकेको , हाललाई काराेबार राेकिएकाे , अफिस बन्द रहने र दैनिक बचत संकलन राेकिएकाे लगायतका जानकारी गराएको सहकारी शाखा प्रमुख राजु पण्डितले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page