१४ दिनदेखि दमाैलीकाे फाेहाेर उठ्न नसक्दा हैजा र डेङ्गुकाे त्रास

१४ दिनदेखि दमाैलीकाे फाेहाेर उठ्न नसक्दा हैजा र डेङ्गुकाे त्रास


 आइतबार मात्रै कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखियाे । यसअघि ललितपुरमा ७ जना र कैलालीमा ४ जनामा हैजा पुष्टि भइसकेको छ ।

यता व्यासमा मात्रै ३४ जना र देशभरि बढ्दो अवस्थामा डेङ्गुका बिरामी देखिएको छ । व्यास नगरपालिका स्वास्थ्य शाखाले केही दिन अगाडि डेङ्गु बढेको भन्दै टाेलटाेलमा लामखुट्टे खाेज र नष्ट गर सरसफाइ अभियान चलायाे । तर यी सबै गम्भीर अवस्था हुँदाहुँदै अहिले दमाैली बजारको फाेहाेरले भने विकराल रूप लिएको छ ।

नगरपालिकाले नकुहिने फाेहाेर १४ दिनदेखि उठाउन नसक्दा बजारमा फाेहाेरकाे थुप्रो लाग्न थालेको छ । जहाँतहीँ फाेहाेरकाे थुप्रोले दुर्गन्धित हुन थालेपछि नगरबासीमा हैजा र डेङ्गु फैलन सक्ने त्रास छ ।
यता व्यास नगरपालिकाले जग्गा टुंगो तथा अर्को ब्यबस्था नभए सम्म बजारको फाेहाेर आफ्नो कार्यालय प्राङ्गण भित्रै व्यवस्थापन गर्ने भनेको छ । तर फाेहाेर व्यवस्थापन गर्न सकेको छैन । नगरपालिकाकाे ७ गते बसेकाे बैठकले हाल कुहिने नकुहिने फाेहाेर सङ्कलनलाइ श्राेतबाटै बर्गीकरण गरिएकोमा नकुहिने पुन प्रयाेगमा आउने सामाग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रक्रिया चलिरहेकोले साे काे टुंगो नलाग्दासम्म वा अर्को व्यवस्था नभएसम्म नगरपालिका कार्यालय प्राङ्गण भित्रै नकुहिने फाेहाेर व्यवस्थापन गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

मादी नदिकाे किनार भतेरीमा उक्त फाेहाेर फाल्दै आएकाेमा असार मसान्तबाट सम्झौता सकिएपछि त्यहाँ फाेहाेर फाल्न स्थानीयले राेक लगाएपछि व्यास नगरपालिकालाइ फाेहाेरमैला ब्यवस्थापन गर्न मुख्य चुनाैती बनेकाे छ।
कार्यालय प्राङ्गण भित्रै फाेहाेर व्यवस्थापन गर्ने निर्णय भए पनि १४ गते बिहानसम्म बजारबाट नकुहिने फाेहाेर भने उठ्न सकेको छैन ।

तिसौं बर्ष देखि फाेहाेरमैला ब्यवस्थापनकाे टुङ्गाे लाग्न नसक्दा नगरपालिकालाई फाेहाेरकाे व्यवस्थापन टाउको दुखाइकाे बिषय बनेको हाे । अहिलेसम्म पनि ल्याण्डफिल साइडकाे दिर्घकालिन व्यवस्थापन हुन नसक्नु सिङ्गो नगरकै बेइज्जत भएको नगरवासीले बताउन थालेका छन् । व्यास २ का ललित श्रेष्ठले नगरपालिकाकाे गाडी १४ दिनदेखि फाेहाेर उठाउन नआउँदा घर भित्र फाेहाेर भरिएर बाहिर निकालेको बताए । भतेरीमा फालिएको फाेहाेरकाे पनि उचित व्यवस्थापन नगरी फालिदिँदा मादी नदि बढ्दा फाेहाेर यत्रतत्र तैरिएर लथालिङ्ग भइरहेको स्थानीयले बताएका छन् ।
नगरपालिकाले समिति नैं बनाएर फाेहाेरमैला भतेरिमा फाल्दै आएकाे थियो । तर त्यसबेला गरेको सहमति कार्यान्वयन नभएको समितिकै सदस्यहरूले बताएका छन् । प्रत्येक महिना मिटिङ बस्ने , सरसल्लाह गर्ने , प्रत्येक दिन फाेहाेरलाइ पुर्ने र तीन महिना भित्र अर्को व्यवस्था गर्ने जस्ता सहमति गरेको भए पनि सहमति भए यता एकदिन पनि मिटिङ नबसेकाे ती सदस्यले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page