समन्वयको जग्गामा शाहको घर बनेको भन्दै अख्तियारकाे छानबिन , मेयर र अध्यक्ष तानिन सक्ने

समन्वयको जग्गामा शाहको घर बनेको भन्दै अख्तियारकाे छानबिन , मेयर र अध्यक्ष तानिन सक्ने

व्यास नगरपालिका वडा नं ३ का रेवत शाहको घर जिल्ला समन्वयको जग्गामा बनेको भन्दै अख्तियारले छानबिन तथा अनुसन्धान थालेको छ ।

जिल्ला बिकासका केही कर्मचारी र व्यास नगरपालिकाका नक्सा पास गर्ने तथा प्रमाणित गर्ने कर्मचारी एवम् कागजमा सहि गर्ने समेतकाे मिलेमतोमा आर्थिक चलखेल गरी रेवतराज शाहलाई जिल्ला समन्वय समितिकाे जग्गामा घर निर्माण गर्न दिई सरकारी सम्पत्तिको हिनामिना गरेको भन्ने व्यहाेराकाे उजुरीका सम्बन्धमा अख्तियारले आवस्यक कागजात मगाएर छानबिन थालेको हाे । अख्तियारकाे याे छानबिन तत्कालीन समयमा ध्रुव वाग्ले मेयर भएको समय पर्दछ । शाहकाे नक्सा पासमा तत्कालीन वडा अध्यक्ष माेतिकुमार श्रेष्ठ र सम्पन्नकाे कागजमा तत्कालीन समयका कार्यवाहक मेयर तमबहादुर दरैकाे हस्ताक्षर छ । याे हस्ताक्षरले कर्मचारी सँगै जनप्रतिनिधि समेत याे काण्डमा मुछिन सक्ने देखिएको छ ।

फराकचाैर ९ ग कित्ता नं ६०३ काे क्षेत्रफल ०-१-३-० भएको समन्वयको जग्गामा साेही स्थान कित्ता नं ६९१ क्षेत्रफल ०-१-३-३ जग्गाका जग्गाधनी रेवतराज शाहले व्यास नगरपालिकाबाट नक्सा पास समेत गरि २०५७ सालमा घर निर्माण गरेका थिए ।

यता घर धनी शाहले भने घर बनाउन नगरपालिकामा नक्सा पासकाे निवेदन दिएको र नगरपालिकाका प्रतिनिधि र अमिन समेत फिल्डमा आइ हेरेर चार किल्ला प्रमाणित गरी नक्सा पास गरेर घर बनाएको तर पछि जग्गाको खाेजी हुन थालेपछि नापी कार्यालयबाट अमिन लगि हेर्दा जिल्ला समन्वयको जग्गामा घर बनेको र आफ्नाे जग्गा खाली रहेको भेटिएको भन्दै निवेदन दिएका छन् ।

प्राविधिक त्रुटिले यस्तो हुन गएको भन्दै शाहले जग्गा सट्टापट्टा गर्न समन्वयमा २०७० सालमा निवेदन दिएका थिए । शाहको निवेदन अनुसार जिल्ला सभाले २०७५ सालमा निर्णय गरि जग्गा साटफेरकाे अनुमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेपनि कुनै सुनुवाइ नभए पछि पुनः २०७५-०८-०४ मा शाहले निवेदन दिएका छन् । उनको निवेदन अनुसार मन्त्रालय लाई पुन पत्र पठाएपनी कुनै सुनुवाइ हुन नसकिरहेको अवस्थामा अख्तियारले छानबिन थालेको हाे ।

राेचक कुरात के छ भने बजार भित्रकाे सरकारी सम्पत्तिमा व्यक्तिको घर निर्माण गर्दा नक्सा पास , चारकिल्ला र सम्पन्न हुँदा समेत सराेकारवाला कसैले थाहा नपाउनु गम्भीर बिषय रहेको छ । अख्तियारले यही बिषयलाई आधार बनाएर ककसकाे संलग्नता छ खुलाइ पठाउन जिल्ला समन्वयलाई पत्र काटेको र सबै व्यहाेरा खुलाएर पत्र पठाइसकेको समन्वय श्राेतले बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page