म्याग्देको दोस्राे आवधिक योजना, गत आवको प्रगति तथा चालु आवको नीति कार्यक्रम र बजेट सार्वजनिक

म्याग्देको दोस्राे आवधिक योजना, गत आवको प्रगति तथा चालु आवको नीति कार्यक्रम र बजेट सार्वजनिक

तनहुँको म्याग्दे गाउँपालिकाले एकैसाथ सोमबार तीन कार्यक्रम सार्वजनिक गरेको छ ।

म्याग्दे गाउँपालिका–३ बेलटार ठुलोबगैचामा आर्थिक वर्ष २०८१÷०८२ देखि २०८५÷०८६ दोस्रो आवधिक विकास योजना, आर्थिक वर्ष २०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक गरेको हो ।
कार्यक्रमकाे जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्दै रोजगारी सिर्जना, उत्पादन तथा सूशासनलाई पालिकाले प्राथमिकता दिएर काम गर्नु पर्ने बताए । तनहुँका अन्य स्थानीय तहको तुलनामा म्याग्देको काम प्रशंसा गर्न लायक भएको भन्दै वाग्लेले पारित भएका विकास आयोजनालाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

दोश्रो पन्चवर्षिय आवधिक योजना सार्वजानिक गर्नु ज्यादै राम्रो काम भएको हुँदा पन्चवर्षिय लक्ष्य हाँसिल गर्ने गरि काम गर्नुपर्ने वाग्लेले बताए । उत्पादनलाई विशेष प्राथमिकता दिएर म्याग्देले आत्मनिर्भर बन्न चालेको कदम उदाहरणीय भएको उनको भनाइ थियो । दुध उत्पादन गर्ने किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान, सुन्तला पकेट क्षेत्रको विस्तार जस्ता काम म्याग्देको नमुनाको रुपमा रहेको वाग्लेले बताए ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकाले समृद्ध म्याग्दे निर्माणकालागि ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पुर्वाधार’ भन्ने दोश्रो आवधिक योजनाको नारा तय गरेको बताए । ०८१।०८२–०८५।०८६ को पन्चवर्षिय दोश्रो आवधिक योजनामा म्याग्दे गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने योजना प्रस्तुत गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले चालु आ.व २०८१।०८२ को बजेट तथा कार्यक्रम तथा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गत आर्थिक वर्ष ०८०।८१ को बार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिल्ला समन्वय सदस्य डाेलबहादुर सुनार , वडा अध्यक्षहरु क्रमशः मणिभद्र वाग्ले , शिव बहादुर क्षेत्री , टुकराज अधिकारी , दिपक श्रेष्ठ , शिवबहादुर आले , हिरालाल गुरूङ , बसन्त कुमार श्रेष्ठ , कार्यपालिका सदस्यहरु बद्रीका भट्टराई घिमिरे , वडा सदस्य सुनिता नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए । यस्तै काङ्ग्रेसका रामभक्त घिमिरे , एमालेका द्वारिका घिमिरे , नेकपा माआोबादी केन्द्रका बालकृष्ण श्रेष्ठ , राष्ट्रिय स्वतन्त्र पार्टीका मनाेज अधिकारी , बिद्यालय ब्यवस्थापन समिति केन्द्रीय महासंघ उपाध्यक्ष पवित्रा घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरम म्याग्दे सभा हल निर्माणकोलागि ८ आना जग्गा उपलब्ध गराउने सरस्वती घिमिरेको परिवार, सेवा अवधि पुरा गरेका महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट कर्मचारी, प्रत्येक वडाका एक एक वडा उत्कृष्ट उपभोक्ता समितिहरुलाई सम्मान गरिएको थियो । कर्मचारी तर्फ पशुसेवा उपशाखाका प्रमुख डा. विनयकुमार शाह र कृषि विकास उपशाखाकी प्रमुख रुक्मिता घिमिरे उत्कृष्ट भएका थिए ।सो अवसर एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र छात्रालाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रम म्याग्दे गाउँपालिकाका सुचना अधिकारी एवम् याेजना शाखा प्रमुख श्रीराम खनालले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page