म्याग्देकाे सभाहल बनाउन ५६ लाख पर्ने जग्गा दान दिने घिमिरे परिवारलाई गापाकाे सम्मान
तनहुँकाे म्याग्दे गाउँपालिकाकाे सभा हल बनाउन निशुल्क जग्गा दान दिने घिमिरे परिवारलाई गाउँपालिकाले सम्मान गरेको छ ।

स्वर्गिय रामनाथ घिमिरेको पुण्य स्मृतीमा उनकी धर्मपत्नी सरस्वती घिमिरे , छोराहरू हरिश्चन्द्र / पवित्रा घिमिरे , वालचन्द्र / गायत्री घिमिरेले सभा हल बनाउन ५६ लाख पर्ने ८ आना जग्गा निशुल्क दान स्वरूप प्रदान गरेका थिए । जग्गादाताहरू लाई गाउँपालिकाकाे आर्थिक वर्ष २०८१÷०८२ देखि २०८५÷०८६ दोस्रो आवधिक विकास योजना, आर्थिक वर्ष २०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रमका अवसरमा सम्मान गरिएको हाे ।

जग्गादाता पवित्रा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष हुन् भने वालचन्द्र वडा नं ३ का वडा सदस्य हुन् ।
























