साउन १५ मा जेष्ठ नागरिक मिलन केन्द्रले खुवायाे २ सय जना जेष्ठ नागरिकलाई खिर

साउन १५ मा जेष्ठ नागरिक मिलन केन्द्रले खुवायाे २ सय जना जेष्ठ नागरिकलाई खिर

साउन १५ अर्थात खिर खाने दिनको अवसरमा जेष्ठ नागरिक मिलन केन्द्र ब्यास ३, दमौली  तनहुँले वृद्धवृद्धाहरुलाई खिर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले जेष्ठ नागरिकहरूलाइ यातायात व्यवसायीले ,
अस्पतालले दिने सहुलियतका सन्दर्भमा आफु सशक्त रूपमा लाग्ने बताए । जेष्ठ नागरिकले पाउने सहुलियतकाे लागि सराेकारवालाहरू लाई बाेलाइ आवस्यक निर्देशन दिने उनको भनाइ थियो । जेष्ठ नागरिकमा लामो अनुभव र क्षमता छ भन्दै प्रजिअ गाैतमले यहाँहरूमा भएको ज्ञान , सीप , क्षमता र अनुभव हस्तान्तरण हुनसके समाज अनि देशले नैँ बिकास र प्रगति गर्न सक्ने बताए ।

जुन देशमा जेष्ठ नागरिकलाई सम्मान गर्ने गरिन्छ त्यस ठाउँमा चाडैं बिकास हुने भन्दै गाैतमले जेष्ठ नागरिक देशको जिउँदो इतिहास भएको बताए । जेष्ठ नागरिकका अनुभव लाई अनुसरण गर्न सक्यौं भने समाज अनुशासनमा रहने उनको भनाइ छ ।
यति धेरै ज्ञान सीप क्षमता अनुभव भएको नागरिक तयार गर्न राज्यलाई धेरै लगानी गर्नुपर्ने भएकोले युवा अवस्थामा राज्यलाई दिएको याेगदानकाे राज्यले सम्मान गर्नसक्नुपर्ने बताए ।

जेष्ठ नागरिक मिलन केन्द्र तनहुँका अध्यक्ष शालिग्राम गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास नगरपालिकाका कार्यवाहक नगर प्रमुख इन्दिरा दरै , व्यास अन्नक्षेत्रका प्रमुख संरक्षक शान्ति स्वरूपानन्द दामोदर बाबा,सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदी , केन्द्रक संस्थापक अध्यक्ष देवनिधि पन्त, परासर सत्संग भजन किर्तन समितिका अध्यक्ष इन्द्र प्रसाद वाग्ले , सिद्धाश्रम शक्ति केन्द्रका अध्यक्ष प्रियनाथ पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा झन्डै २ सय जना वृद्धावृद्धाहरूलाई खिर खुवाइएको सचिव गोविन्द गिरीले जानकारी दिए। त्यस अवसरमा कोषाध्यक्ष हरिश्चन्द्र वाग्लेले आर्थिक वर्ष २०८०/०८१ को आयव्यय विवरण समेत प्रस्तुत गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page