अबैध काठ सहित भादगाउँबाट राना पक्राउ
व्यास नगरपालिका वडा नं १ भादगाउँ स्थित मिलन टोलमा चिरान काठ सहित मंगलबार एक जना प्रकाउ परेका छन् ।

प्रकाउ पर्नेमा घिरिङ गाउँपालिका वडा नं ५ बस्ने २५ बर्षिय अबिबहादुर राना रहेका छन् । चालक रानाले चलाएको ग १ त ४२४१ नम्बरको ट्याक्टरबाट ३१.६० क्यूफिट १ सय २० थान चिलाउने काठ बरामद गरिएको छ । प्रहरीले काठ सहित सवारी साधन नियन्त्रणमा लिई डिभिजन वन कार्यालयलाइ कार्वाही प्रक्रिया अगाडि बढाउन पठाएको छ ।

























