१९ गतेदेखि हुने भानु कपको तयारी तिव्र
साउन १९ गतेदेखि २६ गते सम्म हुने १७ औं भानु कप फुटबल प्रतियोगिताकाे तयारी तिव्र पारिएको छ ।
भानु नगरपालिका–१ मा रहेको भन्सार युवा परिवार सालबिस्ने यूवा क्लव र भिमशेन यूवा क्लबको संयुक्त आयोजनामा 9A साइड फुटबल प्रतियोगिताकाे तयारी तिव्र पारिएको हाे । तयारी स्वरूप अहिले खेलमैदान बनाउने , स्वागत तुल व्यानर टांग्ने , चिठी पत्र बाँड्ने लगायतका काम भइरहेको छ ।

भानु नगरपालिकाका -१ स्थित क्षेत्रीय रङ्गशाला खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको छ । प्रतियोगितामा विजेताले नगद दुई लाख ५० हजार २ सय ११ र उपविजेताले १ लाख २५ हजार २ सय ११ पुरस्कार प्राप्त गर्नेछन् ।त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याच ७० हजार पुरस्कार प्रदान गरिने आर्थिक संयोजक सोम तामाङले जानकारी दिए।क्लवका अनुसार प्रतियोगिताका लागि टिम दर्ता शुल्क दश हजार रुपैयाँ राखिएको छ । प्रतियोगितामा तनहुँ अतिरिक्त नेपाल भरिका २४ टिमको सहभागीता रहने प्रतियोगिता मूल संयोजक विष्णु बहादुर अधिकारीले बताए ।

साउन २६ गते सम्म हुने प्रतियोगितामा छेलो र बाघचाल प्रतियोगिता पनि आयोजना गरिनेछ । छेलो र बाघचालको विजेताले ६ हजार २ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
























