म्याग्दे गाउँपालिका द्वारा उत्कृष्ट ७ उपभोक्ता समितिलाई सम्मान
तनहुँकाे म्याग्दे गाउँपालिकाले उत्कृष्ट ७ वटा उपभोक्ता समितिलाइ सम्मान गरेको छ ।

गाउँपालिकाकाे आर्थिक वर्ष २०८१÷०८२ देखि २०८५÷०८६ दोस्रो आवधिक विकास योजना, आर्थिक वर्ष २०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रमका अवसरमा उनिहरूलाई सम्मान गरिएको हाे ।

सम्मानित हुनेहरूमा छाङ थर्पु माेटरमार्ग उपभोक्ता समिति म्याग्दे ४ , म्याग्देखाेला खैरेनीटार पक्की ढलान तथा नाला निर्माण उपभोक्ता समिति वडा नं ५ , रामशान्ति माेटरमार्ग उपभोक्ता समिति वडा नं ६ , बेलसाेति माेहनिडाँडा माेटरमार्ग उपभोक्ता समिति वडा नं ७ , बर्च्याङ भित्री बाटो ढलान निर्माण उपभोक्ता समिति वडा नं १ , दम्सेरा ऋषिथुम माेटरमार्ग वडा नं २ र बेल्टार भट्टराईथाेक नाला निर्माण वडा नं ३ रहेका छन् ।
सम्मानित हुने हरूलाइ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले प्रमाणपत्र तथा दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।
























