तनहुँका स्थानीय तहले टेरेनन् जिल्ला समन्वयलाई
तनहुँका स्थानीय तहले जिल्ला समन्वय समिति तनहुँलाई नटेरेकाे पाइएको छ । समन्वयले पटकपटक
विभिन्न बिषयमा विवरण उपलब्ध गराउन पत्र काटेपनि विवरण नपठाएको समन्वयले जनाएको छ ।

तनहुँका सबै पालिका अन्तरगत विभिन्न स्थानमा रहेका क्रसर उद्योगहरू, नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) जन्य प्रशोधन उद्योगहरू, विभिन्न आयोजनागत नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) मा आधारित उद्योगहरूको अद्यावधिक विवरण पठाउन समन्वयले पत्राचार गरेको थियो । विवरण पछिसम्म फरक नपर्ने गरी यथार्थ रुपमा निर्धारित ढाँचामा भरी २०८१/०३/३१ गते भित्रमा कार्यालयमा उपलब्ध गराईदिनुहुन भनेपनि विवरण आउन नसकेको समन्वय श्राेतले बताएको छ ।

साथै पालिका र विभिन्न निर्माण व्यवसायीहरू बीच आ.व. ०८०/८१ मा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, सङ्कलन, ढुवानी र विक्री वितरण गर्ने सम्बन्धमा भएको ठेक्का सम्झौता बमोजिम भएको छ छैन साेकाे बिवरण समेत उपलब्ध गराउन समन्वयले भनेको थियो ।
























