दमाैलीमा ढुङ्गाना वंशावली ग्रन्थ वितरण तथा सम्मान कार्यक्रम !

दमाैलीमा ढुङ्गाना वंशावली ग्रन्थ वितरण तथा सम्मान कार्यक्रम !


तनहुँकाे दमाैलीमा ढुङ्गाना वंशावली ग्रन्थ वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिहिवार आयाेजित एक कार्यक्रममा प्रमुख अतिथि ढुङ्गाना प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष डाक्टर दिर्घनाथ ढुंगानाले प्रतिष्ठानलाई बलियो बनाउन सबै जना एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । समाजले निकै दुख र मेहेनत गरेर वंशावली तयार पारेको भन्दै डाक्टर ढुङ्गानाले वंशावली लाई सकेसम्म सबैकाे घरमा पुर्याउन र सुरक्षित गरेर राख्न आग्रह गरे ।

आफ्ना वंशजकाे इतिहास लाई जिवन्त राख्न निस्वार्थ भावनाले सामाजिक सेवाकाे भावना अनुसार काम गर्ने गरेकाे उनको भनाइ थियो । ढुंगाना बन्धुहरूले आफ्नाे प्रतिष्ठानकाे बारेमा चासाे लिने , वंशावलीमा नाम रेकर्ड राम्रोसँग राख्ने लगायतका काम सबैले आफ्नाे ठाउँबाट गर्नुपर्ने उनको भनाइ छ ।

ढुंगाना प्रतिष्ठान नेपाल तनहुँका अध्यक्ष सुमित ढुंगानाकाे अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका काेशाध्यक्ष भाेजराज ढुंगानाले ढुङ्गानाकाे हिजोको अवस्थाका बारेमा प्रकाश पारेका थिए । यस्तै सदस्य भाग्यशाली ढुंगानाले सबै ढुंगानाहरू एकाकार हुनुपर्ने बताए ।

उक्त कार्यक्रममा जिल्ला उपाध्यक्ष शिव प्रसाद ढुंगाना , सचिव नगेन्द्र शर्मा ढुंगाना , काेशाध्यक्ष केदारनाथ ढुंगाना , सदस्य लालुमाया ढुंगाना लगायतले वंशावली अत्यन्तै महत्त्वपूर्ण दस्तावेज भएको बताएका थिए ।

२०५५ सालमा स्थापित ढुङ्गाना प्रतिष्ठान नेपालबाट ढुङ्गाना वन्धुहरूकाे वंशावली र खाेजपुर्ण लेखहरूकाे सङ्गालाे पहिलो थुङ्गा , २०५७ मा दाेस्राे थुङ्गा २०६०मा प्रकाशन भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page