गायक शंकर पन्तको ” गुड लाग्यो डाङ्ग्रेले उडायाे पांग्रेले गीत सार्वजनिक

गायक शंकर पन्तको ” गुड लाग्यो डाङ्ग्रेले उडायाे पांग्रेले गीत सार्वजनिक

तनहुँका चर्चित गायक शंकर पन्तको ” गुड लाग्यो डाङ्ग्रेले उडायाे पांग्रेले गीत सार्वजनिक भएको छ ।

बिहिवार पन्तले आफ्नै युटुव च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् । गीतमा पन्तको शब्द , लय र आवाज रहेको छ भने गायक राजु ढकालले पनि उक्त गीतमा आवाज दिएका छन् । हाेम गुरूङकाे निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा हरि खरेल मुख्य भुमिकामा देखा परेका छन् ।
यसैगरी उक्त भिडियोमा दिपक अधिकारी र कामना पाेख्रेलकाे समेत अभिनय रहेको छ । पन्तले उक्त गीत मार्फत आजकलका युवा पुस्तामा देखिने अपरिपक्व प्रेम सम्बन्ध माथि व्यङ्ग्य प्रहार गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page