बिजुलीको पाेल सार्न ३५ हजार मागेपछि —!
सडकको बिच भागमा रहेको बिजुलीको पाेल सार्न बिद्धुत प्राधिकरणले स्थानीय सँग ३५ हजार मागेको पाइएको छ ।

३५ हजार खर्च लाग्छ दिने भए पाेल सर्छ नत्र सर्दैन स्थानीय सँग बिद्धुत कार्यालयले भनेको स्थानीयले आराेप लगाएका छन् । हामीले किन चाहियो त्यति धेरै पैसा ,हामी गाउँलेले डाेजर ल्याएर पाेल सार्छाैं तपाईंहरूले तार व्यवस्थापन गर्दिनुस भन्यौं स्थानीय श्रीकृष्ण विकले भने । तर उनिहरू मानेनन् । जसले गर्दा बाटो पिचको कामनैँ प्रभावित भएको , महिनाैँ हुँदापनि बिद्धुतले नटेरेकाे विकले बताए । यहाँ एकातिर बिद्धुतले पाेल नसारेकाे र अर्कोतिर गरेको कामपनि गुणस्तरीय नभएको स्थानीयले बताएका छन् । बनाएकाे १ महिना नहुुँदै नाला भत्केपछि त्यसवारेमा पनि उनीहरूले कामको गुणस्तरीयता माथि प्रश्न उठाएका छन् ।

समस्या तनहुँको म्याग्दे गाउँपालिका वडा नं ३ स्थित उपल्लो पसले कोईरालाथोक कृषि मोटर मार्गको बीच बाटोमा भएको बिजुलीको पोलकाे हाे ।मोटरमार्गको बिचमा भएको बिजुलीको पोल बिद्धुतले नसार्दा काम नैं प्रभावित भएको हो । पसले बाट माझीलाङ तर्फ जाने बाटोमा प्रदेश सरकारको ५० लाख बजेट अन्तर्गत २ सय मिटर पिचको काममा पाेल नसारेपछी स्थानीयले पाेल वरपर काम नै रोकिदिएका छन् ।
सम्बन्धित निकायलाई भन्दा पनि पोल नसार्दिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष शोभाखर दाहालले बताए । प्राविधिक कार्यालय देखि बिद्धुत प्राधिकरणलाई पटकपटक भन्यौं तर टेरपुच्छर लाछैनन दाहालले भने । पुर्वाधार कार्यालयका प्राविधिक लाई भन्दा यो काम हामीले हैन गर्ने भन्छन्, बिद्भुतमा गयो पैसा चाहिन्छ जम्मा गर्नुस भन्छ अध्यक्ष दाहालले भने ।
यता यस सम्बन्धमा पुर्वाधार कार्यालयका ईन्जिनियर सुर्य थापा सँग सम्पर्क गर्दा आफुले फिल्ड हेर्दानैं पहिला बिजुलीको पोल क्लियर गर्नभनेको र त्यो हामी गर्छौं भनेर समितिले भनेपछि अगाडि बढेको बताए । म त नापजाँच गरेर बाटो बनाउँदा सम्म पोल क्लियर हुन्छ भनेर काम सकाएँ तर पोल त अहिलेसम्म जहाँको त्यहीँ रहेछ थापाले भने । ठुलो ठेक्का भएको भए हामीले पहिल्यै रकम छुट्याउँथेउँ तर सानो बजेट भएकोले नछुट्याएको उनले जानकारी दिए ।
बिद्युत प्राधिकरणले भने यस्तो काममा बजेट नहुने हुँदा समस्या भएको बताएको छ । यस समस्याको बारेमा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम सँग समेत कुरा पुगिसकेको छ । प्रजिअ गाैतमले दुबै कार्यालयका प्रमुखहरूलाइ फाेन गरि तत्कालै समन्वय गरेर काम सुल्झाउन आग्रह समेत गरेका छन् ।
























