दमाैलीका नेवार समुदायले मनाए गठेमंगल पर्व
तनहुँकाे दमाैलीका नेवार समुदायले सुक्रवार गठेमंगल पर्व मनाएका छन् । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले गठेमंगल पर्व मनाएका हुन् ।श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ ।

सुक्रवार साँझ मादी नदि पुल नजिकै छङ्गेली नेवा खलले गठेमंगल एकत्रित गरेर जलाएको छङ्गेली नेवा खलका पुर्व अध्यक्ष सुकनारायण मल्लले बताए ।

दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिएको मल्लले जानकारी दिए । नेवारहरूले भूतलाई शक्तिको संज्ञा दिएका हुन्छन् । कुनै कामका लागि भूतजत्तिकै शक्ति चाहिने भएकाले बोलाउने र काम सिद्धिएपछि फिर्ता गर्ने गरिन्छ ।
























