तनहुँ उद्योग बाणिज्य संघले गर्याे एसपी शाहीलाई स्वागत

तनहुँ उद्योग बाणिज्य संघले गर्याे एसपी शाहीलाई स्वागत
Oplus_0


तनहुँ जिल्लामा केही दिन अगाडि मात्रै सरूवा भएर आएका प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर शाहीलाई तनहुँ उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

तनहुँ उद्योग बाणिज्य संघको हल दमाैलीमा सुक्रवार भएको स्वागत कार्यक्रममा बाेल्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख बिरेन्द्रबहादुर शाहीले तनहुँ जिल्लाको शान्ति सुरक्षा, लागु औषध तथा जुवातास नियन्त्रण गरि अमनयचन कायम गर्ने लगायतका बिषयमा तनहुँ प्रहरी मुख्य प्राथमिकताका साथ लाग्ने बताए । प्रहरी प्रमुख शाहीले व्यवसायीहरूले कानुनी दायरामा बसेर व्यवसाय गरेको खण्डमा शान्तिसुरक्षा दिन र आवस्यक सहयोग गर्न प्रहरी सदैव तयार रहेको बताए ।

तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रकाे अध्यक्षतामा भएको स्वागत कार्यक्रममा पुर्व केन्द्रीय सदस्य बृषराज श्रेष्ठ र देवकुमार श्रेष्ठ लगायत जिल्लाका पुर्व अध्यक्ष , पदाधिकारी एव अन्य सदस्य तथा इकाईका सभापतिहरूकाे उपस्थिति रहेको महासचिव सुवाेध अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page