साढे २ लाख राशिको भानु कप फुटबल आजबाट सुरु , मन्त्री देवकोटाले उद्घाटन गर्ने
तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिता आजवाट सुरु हुँदैछ ।भानु नगरपालिका १ भन्सार स्थित क्षेत्रीय रङ्गशालामा हुने प्रतियोगिताकाे गण्डकी प्रदेशका जलश्रोत तथा सिँचाई मन्त्री फणिन्द्र देवकोटाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रतियोगिताकाे उद्घाटन खेल साबिक विजेता सेभेन स्टार युवा क्लब भानु १ साजबोटे र योङ्ग ब्वाईज एफसी चितवन बीच हुने आयाेजकले बताएको छ । भानुलाई रास्टिय रुपमा चिनाउने उदेश्यले भानुकप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो । भन्सार युवा परिवार,सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र , सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने छ भने अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिने छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । त्यसैगरी छेलो तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ , प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिताकाे अन्तिम तयारीकाे बारेमा निरीक्षण गर्न सुक्रवार साँझ भानु नगरपालिकाका मेयर आनन्द राज त्रिपाठी कार्यक्रम स्थलमा पुगेका थिए । उनले भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिकामा खेलको आयोजना गरिएको हुँदा नगरपालिकाकै गौरबको विषय भएको र नगरपालिकाको प्रतिष्ठा समेत जोडिएकाले सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै खेलाडि, दर्शक र पाहुनाहरुलाई सहज रुपमा खेल हेर्न ब्यवस्था गर्नका लागि आयोजकलाई निर्देशन दिएका थिए ।
























