मिस नेपालकि प्रतिस्पर्धी करूणा लाई भाेट हाल्ने समय आज दिउँसो ५ बजेसम्म !
नेपालकै लोकप्रिय “सौन्दर्य प्रतियोगिता” मिस नेपालकी प्रतिश्पर्धी तनहुँकी चेली करुणा राउतलाई मिस नेपाल बनाउन भाेट हाल्ने अन्तिम समय आज दिउँसो ५ बजेसम्म रहेको छ ।

तनहुँको भानु नगरपालिका वडा नं. १२ जन्मस्थान भई हाल व्यास ४ बसोवास गर्ने राउतलाई मिस नेपाल २०२४ को प्रतिस्पर्धामा विजयी बनाउन आज अर्थात सनिवार दिउँसो ५ बजेसम्म मात्रै समय रहेको छ । निकै नैँ प्रतिस्पर्धामा रहेको यस समयमा सबैले सहयोग गरिदिनुहुन करूणाकाे बुवा अमृत रावतले अनुरोध गरेका छन् ।
मिस नेपालकी प्रतिस्पर्धी राउतलाई जिताउन दमौलीमा केही दिन अगाडि देखि भोटिङ अभियान भइरहेको र दमौलीको प्रशासन चोकमा स्टल राखिएको थियो । करुणा राउत जिताउ अभियानमा जुटेका गलबहादुर गुरुङ राउतलाई जिताउन जिल्लाबासीहरुबाट ठूलो सहयोग पाएको बताउँछन् । जिल्ला स्थित जनप्रतिनिधि ,राजनीतिक दल ,विभिन्न संघ संस्था र आम नागरिकले भोटिङ अभियानमा सहयोग पुर्याएकाे गुरुङले बताए । जिल्लाबासीबाट प्राप्त सहयोगले राउतले जित्नेमा आफूहरु आशावादी रहेको गुरूङ बताउँछन् । त्यस्तै राउतका बुबा अमृत राउत समेत छोरीलाई जिताउन अभियानमा जिल्लाबासीबाट पाएको सहयोगबाट निकै उत्साहित भएको बताउँछन् ।

जिल्लाबासीबाट पाएको साथले छोरीले मिस नेपालको ताज पहिरिनेमा आफू ढुक्क रहेको समेत बुबा अमृतले बताए । मिस नेपालकी प्रतिस्पर्धी राउत जित्नेमा जिल्लाबासी समेत आशावादी रहेका छन् ।
उनलाई भाेटिङ गर्न खल्ती एपमा जाने मिस नेपाल अप्सन लाई छान्ने र प्रतियोगि नम्बर ८ छान्न राउतले सबैमा अनुरोध गरेका छन् । करूणा प्रत्येक हप्ता हुने च्वाइस विधामा समेत प्रथम र द्धितिय हुँदै आएकी थिइन् ।
करुणा १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी थिइन् । दमौलीस्थित कनकाई सेकेण्डरी स्कुलबाट अध्ययन सुरु गरेकी करुणा मिस एसएलसी पोखरा २०१४ की. रनरअप समेत हुन् ।
मिस एसएलसी पोखराको उपविजेता भएसँगै करुणाले पोखराको लिटल स्टेप उच्च माध्यमिक स्कुलमा विज्ञान विषयमा कक्षा ११ र १२ मा शत प्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न समेत अवसर पाएकी थिइन् । बाल्यकालदेखि नै तिक्ष्ण क्षमता भएकी करुणाले नेपालका विभिन्न र्याम्प सो गरेपनि थप अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् ।
१७ वर्षको उमेरमा अष्ट्रेलिया पुगेकी रावतले नेपथ्यदेखि होली मेला, आफ्नै अनलाईनमा कार्यक्रम चलाएर अर्थात होस्टिङ गरेर कुशलता प्रदर्शन गरिसकेकी छन् ।
अष्ट्रेलियास्थित वेस्टन सिड्नी युनिभर्सिटीमा ब्याचलर्स अफ नर्सिङ गरेकी करुणा बिगतदेखि नर्सिङ पेशामा पुर्णरुपमा सक्रिय छिन् । रावतले मानसिक स्वास्थ, वृद्ध हेरचाह, यूरोलोजी गाइनो तथा युरोलोजी, ट्राभल नर्सिङ जस्ता क्षेत्रमा काम गरेकी छन् । उनी मिस अटो डी एलिगेन्स, प्राइभेट जेट शूट र स्पोर्ट्स कारका लागि प्रतियोगीका रूपमा छनोट समेत भएकी थिइन् ।
उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा ऱ्याम्प वाक प्रदर्शन गरेकी थिइन्। साथै मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । पश्चिमी सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थी हरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर समेत केही समय काम गरेकी उनले बूमटाउन शिखर सम्मेलनमा समेत सहभागी भएकी थिइन् ।
























