तनहुँका पत्रपत्रिका वर्गीकरण – नामै नसुनेकाे ब्रेक थ्रु “क” मा ,दैनिक चलेका “ख”मा !
प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाकाे नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले सुक्रवार आर्थिक वर्ष २०७८/७९ को वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजा अनुसार तनहुँबाट प्रकाशित हुने सबै दैनिक तथा साप्ताहिक पत्रिका ‘ख’ वर्गमा पर्दा नामै नसुनेकाे ब्रेक थ्रु भने क बर्गमा परेको छ । ब्रेक थ्रु अहिलेसम्म एउटा अंक पनि दमाैलीमा पढ्न मात्रै हाेइन देख्नपनि नपाएको व्यास २ का ललित श्रेष्ठले बताए। म यहाँबाट निस्कने प्राय सबै पत्रपत्रिका दैनिक हेर्छु , त्यो नाम गरेको पत्रिका देख्नपाछैन , तर फेरि छनाेटमा चाहिँ क मा परेछ श्रेष्ठले भने । मुल्यांकन कसरी के आधारले हुने रहेछ ? भन्दै उनले प्रतिप्रश्न गरे । ब्रेक थ्रु दमाैली क्षेत्रमा आफुले पनि नदेखेको चेम्बर अफ कमर्स तनहुँका बरिस्ठ उपाध्यक्ष कबिराज श्रेष्ठले बताए ।

दैनिककर्फ प्रादेशिक खबर, मादीसेती प्रवाह, दमौली खबर, तनहुँ उद्घोष, सेतीमादी, लोकवाणी ‘ख’ मा परेको छ । यस्तै साप्ताहिकतर्फ व्यासश्री, दमौली एक्सप्रेस, खबरवाटिका, क्यासमिरी, तनहुँ आवाज पनि ‘ख’ मा परेको छ ।
दैनिकतर्फ भन्ज्याङ भने हुबहुमा परेको छ ।
























