तनहुँमा १ अर्ब ६० करोड बजेट परेको छ – स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डाक्टर स्वर्णिम वाग्लेले तनहुँमा १ अर्ब ६० करोड बजेट परेको बताएका छन् । पार्टीको स्थापना दिवसको अवसरमा आइतबार दमाैलीमा आयाेजित अन्तरक्रिया कार्यक्रममा वाग्लेले उक्त कुरा बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा डा. वाग्ले सहित सांसदहरू शिशिर खनाल , गणेश पराजुली लगायतका केन्द्रीय नेताहरूकाे सहभागीता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा पार्टीको गतिविधि र हालको अवस्था , विधान संशोधन लगायतका विषयमा छलफल भएको रास्वपा म्याग्देका सभापति मनाेज अधिकारीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका संयाेजक विश्व बास्तोलाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन पार्टीका सहसंयाेजक सुर्यमणि पाैडेलले गरेका थिए ।

























