दरै जातिमा आधारित ” फेरिल ” पुस्तककाे व्यास नगर उपप्रमुख दरैले गरिन् बिमाेचन

आदिवासी जनजाति सीमान्तकृत दरै जातिहरूकाे विषयवस्तु लाई समेटेर प्रकाशन भएको ” फेरिल ” नामक उपन्यासकाे बिमाेचन गरिएको छ ।

साहित्यकार माधव बिडारीद्वारा लिखित उपन्यास ” फेरिल ” काे व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले बिमाेचन गरेकी हुन् । आइतबार दमाैलीमा आयाेजित एक कार्यक्रममा पुस्तककाे बिमाेचन गर्दै नगर उपप्रमुख दरैले छरिएर रहेका दरै समुदायकाे बारेमा पुस्तक प्रकाशन गरेकोमा लेखकलाई धन्यवाद दिईन् ।
दरै जातिले लेख्न नसकेको कुरा बिडारीले लेखेर अन्तर्राष्ट्रियकरण गर्नुभएकाे भन्दै उनले
फेरिल भनेको परिवर्तन भएको बताइन् । दरै समुदाय बिगत भन्दा अहिले कति फेरियाै भन्ने कुरा पुस्तकमा रहेको पाएकाे उनको भनाइ थियो ।

कार्यक्रममा फेरिल पुस्तकका लेखक माधव बिडारीले पुस्तक अध्यन गर्ने बानीकाे बिकास गर्न सबैलाई अनुरोध गरे । फेरिल उपन्यास कस्तो छ पढेर प्रतिक्रिया दिएमा दाेस्राे संस्करणमा सुधारेर ल्याउने उनले बताए। पुस्तक तयार बनाउन दरै समुदायका धेरै मानिसको याेगदान रहेको लेखक बिडारीकाे भनाइ थियो ।
उक्त अवसरमा नेपाल दरै उत्थान नेपालका बरिस्ठ उपाध्यक्ष चिजबहादुर दरैले दरैहरूकाे बिगतकाे अवस्था कस्तो थियो र अहिलेकाे अवस्था कस्तो छ भन्ने कुरा पुस्तकले समेटेको बताए । दरैहरूकाे बाल्यकाल , युवा अवस्था र बृद्धअबश्था बारेमा पुस्तक मा समावेश गरेको भन्दै संस्कार र संस्कृति जाेगाउने तर्फ पुस्तकले सन्देश दिएको बताए ।
आदिकवि भानुभक्त क्याम्पस दमाैलीका प्रमुख महाप्रसाद हड्खलेले दरै भाषा संस्कृतिका कथा लाई पुस्तकले अमर बनाएको बताए ।
दरै समाज तनहुँका अध्यक्ष ठाकुर बहादुर दरैकाे अध्यक्षता तथा दरै समाज तनहुँकाे आयाेजनामा भएको पुस्तक बिमाेचन कार्यक्रममा आदिवासि जनजाति महासंघ तनहुँका बरिस्ठ उपाध्यक्ष नन्दु थापा , समाजसेवी खड्गबहादुर अधिकारी , सुकबहादुर दरै , बिजय दरै लगायतका वक्ताहरूले बाेलेका थिए ।
पुस्तककाे साहित्यकार गाैकुमारी न्याैपानेले समिक्षा गरेकी थिइन् । उक्त अवसरमा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
























