माग पूरा नभए भानुभक्त प्राणी उद्यानमा तालाबन्दी तथा चक्काजाम गर्ने संघर्ष समितिकाे चेतावनी

माग पूरा नभए भानुभक्त प्राणी उद्यानमा तालाबन्दी तथा चक्काजाम गर्ने संघर्ष समितिकाे चेतावनी


भानुभक्त प्राणी उद्यान मुआव्जा पिडीत संघर्ष समितिले आफ्ना माग पूरा नभए कडा आन्दाेलन गर्ने चेतावनी दिएको छ । संघर्ष समितिले मंगलबार तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमलाई एक ज्ञापनपत्र बुझाउँदै माग पूरा नभए यही श्रावण २७ गते भानु प्राणी उद्यानको कार्यलयमा तालाबन्दी, कार्यालय घेराउ सहित पृथ्वीराजमार्गमा चक्का जाम गर्ने चेतावनी दिएकाे छ । यस्तै श्रावण २८ र २९ गते सि.डी. ओ कार्यलयमा धर्ना दिने समेत उसले जनाएको छ ।


व्यास नगरपालीका वडा न. ११ र १२ तथा भानु नगरपालीका बहा न.५ र ६ को क्षेत्रलाई समेटिएर ८ वटा सामुदायिक बन , ५ वटा कबुलियत बन सरकारद्वारा व्यवस्थित राष्ट्रिय बनकाे आँशिक क्षेत्र , खाेलानाला र साे क्षेत्र भित्र रहेको स्थानीय हामी १४६ घर धुरीहरूको निजी घर जग्गालाई समेत समेटी कुल ४२५ हेक्टर क्षेत्रफलमा मिति २०७३ /१०/२० गतेकाे नेपाल सरकार मन्त्रीपरिषदकाे निर्णय अनुसार २०७४/१/१८ गते नेपाल राजपत्रमा सुचना प्रकाशित गरि भानुभक्त प्राणी उद्यानकाे घाेषणा भएको ज्ञापनपत्रमा स्मरण गराइएको छ ।
प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा बनेको घर जग्गा मुल्यांकन समितिले गरेको मुल्य निर्धारण ४ बर्ष बितिसकेको र भानुभक्त प्राणी उद्यानको पुर्वाधार निर्माणले ४ बर्षकाे अवधिमा धेरै गति लिइसक्दा पनि सम्बन्धित घर जग्गा धनीले मुआव्जा नपाएको र यसका लागि हामीले चरणवद्ध रूपमा राज्यका सम्बन्धित निकाय वन मन्त्रालय , अर्थ मन्त्रालय, लगायत सम्माननीय प्रधानमन्त्री, सम्माननीय राष्ट्रपति समेत सँग पुगेर मुआव्जाकाे लागि अनुरोध गर्दा पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट कुनै सुनुवाई र सम्बोधन नभएको तथा कतिपय बासिन्दाहरु घरवारविहिन भई सडकमा आउनु पर्ने अवस्था रहेको ज्ञापनपत्रमा भनिएको छ ।हामी पीडितहरू राज्य पक्षबाट गम्भीर अन्यायमा परेकाे ठहर गरि स्थानिय बासिन्दा हामी सम्पूर्ण जग्गा धनीहरुको मिती २०८१/श्रावण/१८ गते बसेको बैठकले तत्कालै माग पूरा गर्न ध्यानाकर्षण गराउने र पूरा नभए बिभिन्न आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ ।

उनीहरूले मुआव्जा पिडीत मध्येबाट बनेको संघर्ष समितीले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने सर्वसम्मत निर्णय भएकाे भन्दै जिल्लाको प्रमुखको नाताले यस सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराई मुअब्जा प्राप्तीको लागी सहयोग गरिदिनहुन प्रजिअ गाैतमलाइ अनुरोध गरेका छन् । संघर्ष समितीका संयोजक प्रकाश मल्ल (टाइसन ) र जग्गा धनी समन्वय समितीका संयोजक हर्क बहादुर कार्की लगायतको टाेलिले उक्त ज्ञापनपत्र बुझाएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page