डेंगुबाट तनहुँकाे व्यासका एककाे मृत्युु

डेंगुबाट तनहुँकाे व्यासका एककाे मृत्युु
Oplus_0


डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँकाे व्यासका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले मंगलबार जानकारी दिए ।

घिमिरेका अनुसार ती व्यक्तिमा दीर्धकालिन स्वास्थ्य समस्या समेत थियो । तनहुँमा ११० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । खासगरी ब्यास , आवु र बन्दिपुरमा डेंगुका बिरामी बढी भएको स्वास्थ्य कार्यालय प्रमुख शंकर बाबु अधिकारीले बताए ।

गत जनावरी देखि हालसम्म ७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगु पोजिटिभ देखिएको महाशाखाले जनाएको छ । हालसम्म ५ जिल्लामा एकसय भन्दा बढीमा डेंगु संक्रमित भइसकेका छन् । काठमाडौंमा २८७, कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page