व्यासमा मनपरि भर्ना गरिएका कर्मचारीलाई वार्षिक साँढे ५ करोड तलव

व्यासमा मनपरि भर्ना गरिएका कर्मचारीलाई वार्षिक साँढे ५ करोड तलव


तनहुँकाे व्यास नगरपालिकामा मनपरि रूपमा करारमा थपिएका कर्मचारीलाई वार्षिक साँढे ५ करोड तलव खुवाइएकाे पाइएको छ । महालेखापरीक्षकको कार्यालयले आव ०७९/०८० मा प्रस्तुत गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उक्त रकम नियम बिपरित भन्दै सैद्धान्तिक बेरूजु देखाएको छ ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यवोधको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ।

पालिकाले विभिन्न पदमा १७७ जना कर्मचारीहरु करारमा राखी रु.५,४७,००,५९३।८६ भुक्तानी दिइ खर्च लेखेको छ। पालिकाको ३८ औ नगर सभाबाट २२० जना २३९ औ नगर सभाबाट स्वास्थ्य तर्फ थप ५९ जनाको दरवन्दी स्वीकृत गरेको कार्यालयले जनाए‌को छ ।

कार्यालयले आन्तरिक श्रोतको दिगो व्यवस्थापन र कार्य विश्लेषण सहित संगठन व्यवस्थापन र सर्भेक्षण गरेर मात्र थप दरवन्दी स्वीकृत गर्नुपर्नेमा सोबेगर नै शभाले दरवन्दी थपगरी करारमा नियुक्ति गर्ने कार्यलाइ यथार्थमा आधारित भएर गरिएको भन्न मिल्ने देखिदैन भनेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page