२७ गतेदेखि थर्पुमा हुने महायज्ञकाे तयारी तिव्र

२७ गतेदेखि थर्पुमा हुने महायज्ञकाे तयारी तिव्र

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा यही श्रावण २७ गतेदेखि हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञकाे तयारी तिव्र पारिएको छ ।

थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने उद्धेश्यले लगाउन लागिएको महायज्ञकाे तयारी तिव्र पारिएको हाे । महायज्ञकाे प्रचारप्रसार तथा निमन्त्रणा बाँड्ने काम गाउँगाउँमा समेत भइरहेको मन्दिर उपभोक्ता समितिका अध्यक्ष काशीमाया थापाले बताइन् । मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ हुने भएकोले सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएकाे थापाले जानकारी दिइन् ।

श्रावण २७ देखी भाद्र ३ गतेसम्म हुने महायज्ञमा शिरोमणी पं. दिपक प्रसाद पौडेलकाे मुखार विन्दुबाट संगीतमय श्रीमद्‌भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव-२०८१ हुने मन्दिर उपभोक्ता समितिका सचिव केशबहादुर कुमालले बताए ।

शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिकाे आयाेजनामा हुने महायज्ञकाे संरक्षकमा म्याग्दे गाउँपालिका र सह-संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको छ ।
महायज्ञमा २७ गते आइतबार शिद्धेश्वर मन्दिर परिसरबाट बिहान १० बजे बाजागाजा , झाँकी सहित कलश शाेभायात्रा गरिने र त्यस पश्चात् उद्घाटन कार्यक्रम गरिने कार्यक्रम सहजकर्ता एवम् म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।
उद्घाटन पछिका हरेक दिनमा बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवत सतचण्डी , वेदपाठ , रूद्राभिषेक ( रूद्री पाठ ) सहस्र् जलधार , वेलपत्र अर्पण , ग्रहशान्ति पुजा , चाैरासी पुजा , अन्नदान , भुमिदान , ब्राह्मण भाेजन सहित पितृकाे फाेटाे राखी पितृ तर्पण तुलादान , विवाह , व्रतवन्ध , गुन्युचाेली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धि सम्पुर्ण कार्य सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यस्तै देवलिला सहित संगीतमय कथा प्रवचन कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तथा साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयाेजकले जनाएको छ । यस्तै भाद्र २ गते आइतबार भागवत पुस्तकमा तिलार्पण , लक्ष्यवर्ती प्रज्वलन , रात्री जाग्राम कार्यक्रम र ३ गते साेमबार यज्ञ समापन एवम् पुर्णाहुती कार्यक्रम रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

महायज्ञमा रू १ देखि ४ सय ९९ सम्म दान दिने भक्तजनकाे रकम दानपत्रमा राखिदिने , ५ सय देखि नगदी रसिद प्रसाद सहित नाम वाचन गरिने , १ हजार देखि सहयोग प्रदान गर्ने भक्तजनलाइ फुल टीका प्रसाद प्रदान , २ हजार देखि यज्ञ मण्डपमा बाेलाइ टीका प्रसाद प्रदान , ५ हजार देखि सम्मान पत्रकाे साथमा अभिलेख सहित शिलालेखमा नाम राखिने कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।


यस्तै १० हजार देखि आजीवन सदस्य सहित २ जनाको नाम शिलालेखमा राखिने , २५ हजार देखि श्रेयस्कर सदस्य परिवार सहितको तस्बिर धर्मशाला सतलमा रहने , ३५ हजार देखि माथि विशिष्ट आजीवन सदस्य सहित ताम्रपत्रमा नाम राखिने , ५० हजार देखि बाजागाजा सहित अविरयात्रा गराइ दानवीर घाेषणा एवम् सम्पुर्ण परिवारलाई अभिनन्दन गरिने र रू एक लाख देखि मानार्थ सम्मान प्रदान गरिने छ । साे भन्दा माथि दान दिनेलाई समितिले निर्णय गरी उचित सम्मान प्रदान गरिने भएको छ ।
यस्तै महायज्ञ अवधिभर सामुहिक व्रतवन्ध , तुलादान , चाैरासी पुजा , गुन्युचाेली सहित अन्य शुभकार्य गर्न सकिने मुल समारोह उपसमिति संयाेजक शाहीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page