भानु कप फुटबलमा खेलाडीलाई सकस – हिलाम्मे मैदानमा बल गुड्दैन , जुत्ता गड्छ !

भानु कप फुटबलमा खेलाडीलाई सकस – हिलाम्मे मैदानमा बल गुड्दैन , जुत्ता गड्छ !
Oplus_0

तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिताकाे छैटौं दिन आजवाट दाेस्राे चरणका खेलहरू सुरु भएको छ ।

भानु नगरपालिका १ भन्सार स्थित क्षेत्रीय रङ्गशालामा भइरहेको प्रतियोगितामा बर्षाका कारण खेलमैदान हिलाम्मे हुँदा खेलाडीलाई सकस भएको छ । हिलाेका कारण खेलाडीले हानेको बल गुड्न सकेको छैनभने खेलाडीकाे जुत्ता हिलोमा गडेकाे छ ।

भानुलाई रास्टिय रुपमा चिनाउने उदेश्यले भानुकप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो । भन्सार युवा परिवार,सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।


सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र , सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने छ भने अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिने छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page