नेता भण्डारी द्वारा बंगलादेशमा हिन्दु र बाैद्ध धर्मावलम्बी माथि भएको आक्रमणकाे निन्दा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले वंगालादेशमा हिन्दू र बौद्ध धर्मालम्बी माथि भएको आक्रमण मानवता विरोधी कार्य भएको बताएका छन् ।

सांसद भण्डारीले बिहिबार एक विज्ञप्ती जारी गर्दै हिन्दु र बौद्ध धर्मालम्बीहरु माथि भएको आक्रमणको निन्दा समेत गरेका छन् । सांसद भण्डारीद्धारा जारी विज्ञप्तीमा घटनाको निन्दा समेत गरेका छन् । साथै सांसद भण्डारीले वंगालादेशमा धर्म र नश्ल पहिचान गरी गरिएको आक्रमण रोक्न पर्याप्त कुटनीतिक पहल थाल्न नेपाल सरकारलाई आग्रह समेत गरेका छन् ।

























