पालिका स्तरीय आदिवासी जनजाति दिवस म्याग्देकाे नयाँ सभाहलमा मनाइने
३०औं विश्व आदिवासी जनजाति दिवस सुक्रवार तनहुँका १० वटै पालिकामा मनाइदै छ । यसैबीच म्याग्देकाे पालिका स्तरीय कार्यक्रम नयाँ सभाहल म्याग्दे ३ स्थित बेलटार ठुलो बगैंचामा हुने म्याग्दे गाउँ समन्वय परिषद सचिव जानकी थापाले बताइन् ।

बाजागाजा , झाँकी सहित बजार परिक्रमा पश्चात् नयाँ सभाहलमा ११ बजेबाट कार्यक्रम हुने थापाले जानकारी दिइन् ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद तनहुँ संरक्षक रहने गरी हुने कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ रहने म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए । उक्त कार्यक्रममा सहभागी हुन पालिकाका सम्पुर्ण जनजाति लगायतका व्यक्तिहरूलाइ आव्ह्वान गरिएको म्याग्दे गाउँ समन्वय परिषद अध्यक्ष प्रेमबहादुर थापाले बताए ।

दिवस मनाउन म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।
























