तनहुँका दश वटै पालिकामा आज सार्वजनिक बिदा , ७ वटा पालिकामा दिवस मनाउँदै
तनहुँमा रहेका दश वटै पालिकाले शुक्रबार आज सार्वजनिक बिदा दिएका छन् । ३० औ विश्व आदिवासी दिवसका अवसरमा सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । तनहुँमा चार पालिका र छ वटा गाउँपालिका रहेका छन् ।

जिल्लाको व्यास नगरपालिका,भानु नगरपालिका,शुक्लागण्डकी र भानु नगरपालिका,ऋषिङ,घिरिङ,म्याग्दे, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । उक्त दिन प्रशासकीय कार्यालय,वडा कार्यालय,विद्यालय अत्यावश्यक बाहेकका स्वास्थ्य संस्था बन्द रहने बताइएको छ ।
यसैबीच ३०औं विश्व आदिवासी दिवसको अवसरमा तनहुँको व्यास दमौली, बन्दिपुर, शुक्लागण्डकी दुलेगौंडा,भानु बाईसजागर, म्याग्दे पालिका, आबुँखैरेनी पालिका र भिमाद गरि जिल्लाका ७ ठाउँमा विभिन्न कार्यक्रम गरि दिवस मनाउन लागेको नेपाल आदिवासी जनजाति महासंघ, तनहुँका अध्यक्ष सुजित हिराचनले जानकारी दिए ।

























