तनहुँकाे दमाैलीमा ३०औ विश्व आदिवासी दिवस धुमधामका साथ मनाइयो

तनहुँकाे दमाैलीमा ३०औ विश्व आदिवासी दिवस धुमधामका साथ मनाइयो


तनहुँकाे दमाैलीमा ३०औ विश्व आदिवासी दिवस धुमधामका साथ मनाइएकाे छ ।
दिवसका अवसरमा विभिन्न समुदायका जनजातिहरुले आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर परिषद्ले सदरमुकाम दमौलीमा आयाेजना गरेको कार्यक्रममा नगरभित्र बसोबास गर्ने ८ जातिका समुदायको सहभागिता रहेको थियो । अनसनचौतारीबाट सुरु भएको झाँकी दमौली बजार परिक्रमा गर्दै पुनः सोही ठाउँमा आएर सभामा परिणत भएकाे थियो ।
खुलामञ्चमा आयाेजित सभाको कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर परिषद्का अध्यक्ष क्याप्टेन साेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , जनजाति महासंघका सल्लाहकार यमबहादुर आले , ताराप्रसाद श्रेष्ठ , पुर्व जिल्ला अध्यक्ष बसुन्धरा घर्ती , नेपाल मगर संघ केन्द्रीय पुर्व उपाध्यक्ष मन्दरी आले , तमु जिल्ला अध्यक्ष देवबहादुर गुरूङ , बाेटे समाजका अध्यक्ष हाेम बहादुर बाेटे , मगर समाज सुधार समितिका अध्यक्ष पुर्णबहादुर थापा , उपाध्यक्ष इमकुमार मल्ल , सचिव अमर थापा लगायतका बक्ताहरूले बाेलेका थिए ।


कार्यक्रममा आदिकवी भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले तथा प्लस टु मा उत्कृष्ट अंक ल्याउने ३ जना जनजाति बिद्यार्थीहरूलाइ सम्मान गरिएको थियो ।
यस्तै उक्त अवसरमा झाँकीमा प्रथम हुने तमु सुधार समाज लाई नगद तीन हजार , दाेस्राे हुने मगर गुठ समितिलाई दुई हजार र तेस्रो हुने छङ्गेली नेवा खल लाई एक हजार तथा सान्त्वना हुने माझी उत्थान समाज , तमु सेवा सदन र नेवा खल निशा पुच लाई पुरस्कार प्रदान गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page