तनहुँमा डेङ्गुका बिरामी ८ सय पुग्यो

तनहुँमा डेङ्गुका बिरामी ८ सय पुग्यो
Oplus_0

तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ। सनिवारसम्म जिल्लाका पाँच स्थानीय तहका ८ सय जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरले बताइन् । उनका अनुसार सुक्रवार सात सय ५४ जनामा लागेको डेङ्गु एकदिनमै ह्वात्तै बढेर सनिवार दिउँसो सम्ममा ८ सय पुगेको हाे ।
व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गु सङ्क्रमणका बिरामी छन् ।

अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन्। व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा छ सय जनामा डेङ्गी पुष्टि भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page