साँढे दुई लाख राशिको भानुु कप फुटबलको फाइनलमा लिभिक शुक्ला र च्याङली स्पाेर्ट क्लब भिड्ने
तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुँदैछ । फाइनलमा लिभिक कन्ट्रक्सन शुक्ला र च्याङ्ली स्पोर्ट क्लब गोर्खा भिड्ने भएका छन् ।
शनिबार भएको सेमीफाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्लाले फ्रेण्डसिप युवा क्लब भानु ३ खहरेलाई १ – ० गोल अन्तरले हराउँदै लिभिकले फाईनलको यात्रा तय गरेको हो भने दोस्रो सेमिफाइनल खेलमा च्याङ्ली स्पोर्ट क्लब गोर्खाले २ – ० को गोलको अन्तरमा सुर्यपुर एफसी चितवनलाई हराउँदै फाईनलमा पुगेको हाे ।

फाईनल खेल आइतबार आज २ बजे शुरु हुने र समापनका अवशरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री एवं संघीय साँसद शंकर भण्डारीको प्रमुख आतिथ्यता रहने आयाेजकले जनाएको छ ।
भानुलाई रास्टिय रुपमा चिनाउने उदेश्यले नाईन ए साईडको फूटबल प्रतियोगिता १९ साउनदेखी सुरु भै २७ गते आईतबार सकिँदै छ । भानुकप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो । अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको हाे ।

भन्सार युवा परिवार,सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र , सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने आयाेजकले जानकारी दिएको छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो ।
























